भाई टिकामा भाईको सम्झना

रजनी मल्ल न्यु जर्शी अमेरिका। २०७८ कार्तिक २० गते १३:०४ मा प्रकाशित

भाई म टाढा भए नि मेरो आशिस छ है तिमीलाई

मखमली फूलको माला नलगाए नि मेरो शुभकामना छ है तिमीलाई

निधारभरि सप्तरंगी टिका नलगाए नि मुटु भारिको माया छ है तिमीलाई

भाई म टाढा भए नि भाइ टिकाको आशिस छ है तिमीलाई।

मिर्मिरे उज्यालोमै ढोका घच्घचाउन आउथे हगि तिमीलाई

सप्तरंगी टिकाको साथमा मखमली फूलको माला पनि ल्याउथे हगि तिमीलाई

दिदी भाइ सबै साथमा हुदा कति रमाइलो हुन्थे हगि सबैलाई

सम्झदा अहिले नै उडेर चाडै नै आऊ कि है लाग्छ मलाई।

 

इन्द्र धनुको साथमा सप्तरंगी टिका पठाउला है तिमीलाई

सुस्तरी बहेको पवनको झोक्का संगसंगै मखमली,

सयपत्रीको माला पनि पठाउला है तिमीलाई

आकाश माथि उदिहिड़ने बादललाई सेलरोटी

लगिदे भनुला है तिमीलाई

गगन चुम्बी पहाडलाई कटुस ओखर नबिर्से भनुला है तिमीलाई

कलकल बग्ने नदी संगसंगै शुभ साइत को संगीत पनि पठाउला है तिमीलाई ।

 

भाइ तिम्रो जिबनको उकाली ओरालीमा कहिल्यै ठेस नलागे है तिमीलाई

तिम्रो जिबनको गोरेटोमा कतै काडा नबिझे है तिमीलाई

ठुली दिदीले भाई टिका गर्दा म पनि साथै छु भनि सम्झे है मलाई

जति टाढा भए नि म नबिर्से है कहिल्यै मलाई।

सात समुन्द्र पारीको दिदीको मुटुभरिको माया छ है तिमीलाई

तिम्रो सुस्वास्थ्य दिर्घायु अनि उत्तोरोउतर प्रगतिको लागि

मुरी मुरी आशिस छ है तिमीलाई

मुरी मुरी आशिस छ है तिमीलाई।

प्रतिक्रिया