काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको थिमिमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वा शालिकमा माल्यार्पण गर्नुभएको छ।
नेपाल संवत् ११४२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसको सम्वर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री देउवाले नेपाल संवत् सम्बन्धी मोबाइल एप्लिकेसनको शुरुवात पनि गर्नुभयो।
यसैगरी राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले संस्थागततर्फ नेपाल पञ्चाङ्ग निर्णायक समिति र व्यक्तिगततर्फ शंखधर प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा मध्यपुर थिमि नगरपालिकाका पूव मेयर मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ।
प्रतिक्रिया