नेकपा एसले दियाे खनाल सहितका ५ जनालाई विभागको नेतृत्व

इनेप्लिज २०७८ कार्तिक १८ गते २२:२९ मा प्रकाशित

काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) ले पार्टीका पाँच विभागलाई पूर्णता दिएको छ।केन्द्रीय सचिवालयको बुधबारको बैठकले पाँच विभागलाई पूर्णता दिएको नेकपा (एकीकृत समाजवादी) ले आज (बिहीबार) विज्ञप्ति जारी गरेर जानकारी गराएको हो।

झलनाथ खनालको नेतृत्वमा विदेश विभाग गठन गरिएको छ।यो समिति प्रमेश हमाल उपप्रमुखसहित अरु ९ जना सदस्य छन्।

बेदुराम भुसालको नेतृत्वमा संगठन विभाग,डा.गंगालाल तुलाधरको नेतृत्वमा शिक्षा विभाग तथा विपद व्यवस्थापन विभाग गठन गरिएको एकीकृत समाजवादीले जनाएको छ।यस्तै गोविन्द कोइरालाको नेतृत्वमा सहकारी विभाग गठन गरिएको छ।

प्रतिक्रिया