संगीता स्वेच्छाद्धारा संकलित÷लिखित तथा संगीता स्वेच्छा तथा क्यारेन भ्यान डि द्धारा सम्पादित “द हिमालयन सनराइजM एक्सप्लोरिङ नेपाल्स लिटररी होराइजन” लक्ष्मी जयन्तीका अवसरमा नेपाली साहित्य विकास परिषद, युकेद्वारा आयोजित आज एक कार्यक्रमा सार्वजनिक गरिएको छ । उक्त पुस्तकको विमोचन डा. राघव धिताल ओबीईले गर्नुभएको थियो।
प्रमुख अतिथि डा=धितालले पुस्तक विमोचन गर्दै भन्नुभयो,“यो पुस्तकले कविता, पुस्तक समीक्षा र पुस्तकहरूको जानकारी बाहेक नेपालका विशिष्ट साहित्यिक व्यक्तित्वहरूसँगको अन्तर्वार्ता,चित्रकलाहरू आदि मार्फत नेपाल,नेपाली साहित्य र नेपाली संस्कृतिलाई परिचित गराउँछ।यस र्अथमा यो पुस्तक उत्कृष्ट साहित्यिक सामग्रीहरुको संकलन हो।”
“वास्तवमा, मलाई लाग्छ कि संसारभरि बस्ने नेपालीहरूले यस्तो प्रकाशनको चाहना राखेको लामो समय भइसकेको छ।पुस्तकले नेपाली साहित्य जगतलाई थप आयाम दिनेछ।” डा.धितालले भन्नुभयो।
पुस्तक बेलायतस्थित बुकहिल इन्टरनेशनलले प्रकाशन गरेको हो।बुकहिल इन्टरनेशनल नेपाल स्थित बुकहिल प्रकाशनको सम्बद्ध संस्था हो।
लेखक एन्ड्री रोबीका अनुसार अनुसार यो एक ज्ञानवर्धक प्रकाशन हो जुन नेपाली साहित्यको बारेमा जान्न चाहने व्यक्तिले पढ्नै पर्नेछ।
“यो पुस्तक प्रकाशनले म एकदम उत्साहित छु।यस पुस्तकले पाठकलाई मौलिक नेपाली स्वादको साहित्य पस्कने छ भन्ने विश्वास छ।” संगीता स्वेच्छा भन्नुहुन्छ।
“इलेक्ट्रोनिक भर्सन र र्हाडकभरमा पनि पुस्तक आउने क्रममा छ।खुसीको कुरा यो पुस्तकको इबुक र्भसन चाँडै नै बुक हिल इन्टरनेशनल र बुक हिल वेबसाइट दुवैमा पाठकले प्राप्त गर्न सक्नुहुनेछ।” उहाँले जानकारी दिनुभयो।
उक्त कार्यक्रममा पुस्तकका बारेमा बोल्ने क्रममा कवि तथा अनुवादक हेम विश्वकर्माले विभिन्न विधालाई एकै पुस्तकमा समेटेर मौलिक नेपाली साहित्यलाई विश्व साहित्य संसारमा यसरी ल्याइएको सम्भवतः पहिलोपटक देखेको भनि टिप्पणी गर्नुभयो।
“विश्व साहित्य क्षितिजमा नेपाली साहित्य उत्थानका लागि यस्ता काम विरलै भएका छन्।उहाँहरुले गर्नुभएको यो मेहेनत एकदमै सराहनीय छ।नामजस्तै यसले नेपाली साहित्यको ‘हिमालय’ विश्व साहित्यसामु एउटा प्रकाश झैँ देखिनेछ ।” विश्वकर्मा भन्नहुन्छ।
उक्त पुस्तक अमेजन मार्फत बजारमा उपलव्ध छ।
प्रतिक्रिया