अष्ट्रेलियामा ४ वर्षीय बालिका क्लियो स्मिथलाई अपहरण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ र अभियोग लगाइएको छ ।
पश्चिमी अष्ट्रेलियाको प्रहरीले अक्टोबर १६ मा शिविर-स्थल(क्याम्प साइट)बाट बेपत्ता भएकी ४ वर्षीय क्लियो स्मिथको बेपत्ता भएको सम्बन्धमा ३६ वर्षीय पुरुषलाई अभियोग लगाएको छ । र ,अत्यधिक प्रचार गरिएको खोजी पछि यो हप्ता अन्ततः फेला पारिएको छ भनि सिएनएनले समाचार लेखेको छ ।
अष्ट्रेलियाको सार्वजनिक प्रसारक टेरेन्स केलीको नामले चिनिने व्यक्तिलाई “१६ वर्ष मुनिका बच्चालाई जबरजस्ती लैजाने” लगायतका विभिन्न अपराधको आरोप लगाइएको छ ।
उनी बिहीबार दिउँसो कार्नाभोन अदालतमा हाजिर भएको प्रहरीले जनाएको छ । बालिकास्मिथलाई प्रहरीले बुधबार बिहान पश्चिमी अष्ट्रेलियाको राज्यको कार्नार्भोन शहरमा रहेको एउटा बन्द घरमा फेला पारेको थियो, जहाँ उनलाई तीन साताअघि अपहरण गरिएको थियो।
उनको कल्याणको चिन्ता बढ्दै गएपछि उनि कहा हराएकी छिन धेरै दिन पछि अष्ट्रेलियाका प्रहरीले अपहरणकर्तालाई समात्न सफल भएका छन् । क्लियो यो घरको एउटा कोठामा बत्ती बालेको, ब्युँझिरहेको र खेलौनासँग खेलिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। तिनीहरूले उक्त बालिकाको अन्तर्वार्ता लिन बाँकी छ, तर विशेषज्ञहरू पर्थबाट कार्नार्भन आइपुगेका छन्।
संदिग्धलाई आरोप लगाउनु अघि प्रहरीले भने ,उनले एक्लै र “स्वस्फूर्त रूपमा” काम गरे। ती व्यक्तिलाई बुधबार पक्राउ गरिएको थियो । प्रहरीले पक्राउ गरे पछि आफैले आफूलाई घाइते गरेपछि उनलाई अस्पताल लगिएको पश्चिमी अष्ट्रेलिया प्रहरीले बताए ।
प्रतिक्रिया