मुख्यमन्त्री राई–दीपावली,छैठ तथा नेपाल सम्बत् शुभकामना सन्देश

इनेप्लिज २०७८ कार्तिक १८ गते ९:५८ मा प्रकाशित


विराटनगर,१८ कात्तिक।प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले शुभ दीपावली, छैठ तथा नेपाल सम्बत् ११४२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति र समृद्धिको आज यहाँ शुभकामना व्यक्त्त गर्नु भएको छ।

मुख्यमन्त्री राईद्वारा जारी सन्देशमा नेपाल विविध भाषा धर्म,संस्कृति र संस्कारले भरिएको चाड पर्वको धनी मुलुक हो भन्दै सबै जातजाति,समुदायको आ–आफ्नो चाड पर्व रहेका छन् उल्लेख गर्नु भएको छ।

उहाँले नेपाली समाजमा शुभ दीपावाली, छैठ तथा नेपाल सम्बत् सांस्कृतिक र धार्मिक पर्वका रुपमा महत्वपूर्ण मानिन्छ भन्दै सबै पर्वका आ आफ्नै मौलिकतालाई कायम राख्दै यिनीहरुको सांस्कृतिक महत्वको जगेर्ना गर्न आजको आवश्यकक्ता भएको उल्लेख गर्नु भएको छ।

मुख्यमन्त्री राईले पर्वहरु मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोनलाई कम गर्दै भेटघाट,समाज जोडने पुलको रुपमा लिई मौलिकता जगेर्ना गर्न हामी सबैले आ आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्छ भन्ने सन्देशमा उल्लेख गर्नु भएको छ।

उहाँले सन्देशमा हाम्रा पर्वहरुले समाजमा देखिएको विद्यमान सवै प्रकारका विभेद अन्त्य गर्दै सभ्य समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त्त गर्नु भएको छ।

मुख्यमन्त्री राईले सन्देशमा अहिले पनि हामी कोभीड–१९ को सङ्क्रमणबाट पूर्ण रुपले मुक्त नभएको अवस्थामा यसबाट जोगिन जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्दै सावधानीका साथ यो उत्सव मनाउन सबैलाई हार्दिक अनुरोध गर्नु भएको छ।

प्रतिक्रिया