निरन्तर म आफ्नै धुनमा चलिरहन्छु,
कसैले राेकेर राेकिदैन म,
मानिस,चराचुरुङ्गी,जिवजन्तु,रुखविरुवा बाच्न सक्दैन म बिना,
सृष्टि चलिराखेकाे छ मैले गर्दा,
सदुपयाेग नगरे सबै सजिब वस्तुलाई हानी हुन्छ,
प्रति सेकेण्ड म बिना सजिब बस्तु बाच्न सक्दैनन्,
प्राकृृतिक साैन्दर्य हु म,
जसले गर्दा मैले संसारलाई उज्यालो बनाएर राखेकाे छु,
त्यसैले म मा केही नराम्राे सडेगलेका वस्तुहुरु जथाभावि नफाल,
ममा मरेका जनावरु पनि नफाल,
मलाई बेलाबेलामा सफा गर्ने गर,
मलाई सफा र स्वच्छ बनाएर राख्ने काेसिस गर,
नदि हु म, नदि हु म।।
प्रतिक्रिया