श्रीमान प्रधान न्यायधिश जे परे पनि राजिनामा दिने होइन। हामीले राणा फालेर राजा, राजालाई शक्ति बिन बनाएर प्रजातन्त्रको नाममा दर्जनौ ३०- ४० बर्षे श्रेन्द्र, प्रचेन्द्र, माधवेन्द्र, केपेंद्र राजाहरु भएका छन् तिनका छोरा नातिहरु राजा बन्दै छन्। जनताले के पायो न्याय क्षेत्रमा के सुधार भयो? झूटा मुद्दा र नोटको बिटोको भरमा न्याय दिने पर्था अझ चरम सिमामा पुग्यो।
कुरो खाश न्यायालय वकिल र ऐन कानून अनि नोटको बिटोको शरणमा त्वं शरणम भएका छन्। कसले खाएको छैन? कसले खुवाएको छैन? तामो तुलसी समाएर बाकन सबै तयार छन् तर पनि त्यो बकाई कोहि मान्ने वाला छैन। घुष लिनेले छोरा छोरीको पनि कसम खान्छन।
अहिलेको ब्यबस्था मरेपछि ओखती पोस्टमार्टम गरिने ब्यबस्था छ। कांग्रेसका चन्द्र भण्डारीले न्यायाधिशहरुको सम्पति विवरण प्रकाशित अनुसन्धान गर्ने कुरा एकदम बकवास हो। लिने दिने ब्यबस्था कानून बन्देज गरे पनि लुकिछिपी लिन दिन देश बिदेशमा लुकाउन छुटछ।
त्यसले गर्दा नै तपाई पनि लग लग कामि राख्नु भएको छ। किन भने त्यो नगरेको भए राणा काजी राना मगर भएर जिल्ला न्यायाधिश नभएर निबृत हुनु हुन्थ्यो वा देश छोडेर हामी जस्तै बिदेशी हुनु हुन् थियो अनि दोहरो नागरिकताको पुच्छर समातेको हुनु हुन्थ्यो।
गर्ब छ एउटा क्षेत्रीको परिवार देउबा बाहेक कसैले देश बिद्रोही काम गरेको छैन। सुगौली सन्धिमा देशको ठूलो भाग गुमाउने र ब्रिटिशले उक्त सन्धिमा गुमेको जग्गा फिर्ता गर्दाको काम होश वा राणा शाशन आउनुमा खस बाहेकको बहाउल्ले गर्दा भएको भन्ने इतिहाँसमा छ। अझ अनुसन्धानको बिषय भएको छ।
अहिले देश भ्रस्ट्राचार तथा बिकृति मुक्त देश बनाउने हो भने शेरबहादुर र चोलेन्द्रले चाहेमा मिनटमा गर्न सक्छन। खस जातिको पिढी थाम्न एउटा खसले प्रतिपादन गरेको सजिलै भ्रस्ट्राचार तथा बिकृति मुक्त गर्ने, देश र अदालतको गरिमा बढाउने कुरा रु ५०० र रु १,००० का नोट खारेज कुरामा चिन्तन मनन गरि ति नोटहरू खारेज गर्ने आदेश दिनु होश! राजिनामा दिएर कायर नहुनु होश !
तपाईले चाहेमा धेरै मुद्दामा यस्तो आदेश दिन सक्नु हुन्छ । सो नगरे पनि सो को लागि मुद्दा पनि दशैं अगाडी नै आईपीओ तीन करोड नेपाली भर्ने ब्यबस्था हुनु पर्छ भनि श्रीमानको अदालतमा दर्ता भएको छ। जुन नोट खारेज गर्ने साधन हो।
जस्तै परिस्थितमा पनि राजिनामा नदिनुस ! जसतै परिस्थितिमा पनि नोट खारेज गरि छाड्नु होश ! राष्ट्र र न्याय क्षेत्रको लागि फलामे दिवार खडा गरि सुन जडीएको खादा पहिरेर निश्कनुस ! भिजेको बिरालो जस्तो भएर निस्कने होइन खस बहादुर !
कानुन व्यवसायीहरु श्रीमानको राजीनामा माग्ने होइन निकाश दिने काम गर्नुस !!!
हामी नै गणतन्त्र र प्रजातन्त्र ल्याउने हौँ भन्नु हुन्छ त्यहि गणतन्त्र र प्रजातन्त्रले कानून नियम अनुसार छानेको श्रीमान होइन ? के तपाईहरु बिशुद्ध प्रधान न्यायधिश र अन्य न्यायाधिशहरु छान्ने ब्यबस्था बारेमा एक मिनेट सोच्नु भएको छ र के सोच्नु होला ? यस्को सहि उत्तर हो गरेको छैन र गरिदैन। के साच्चै बिशुद्ध ब्यक्ति छान्ने ब्यबस्था गर्न र उमेरको वा सेवा प्रवेश आधारमा होइन कार्यदक्षताको आधारमा न्यायाधिशहरुको मुल्याकन गर्नेमा राजी हुनु हुन्छ ? धेरैको उत्तर नकारात्मक हुनेछ।
बारको नै शब्दमा “प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।” के ति संगति २००७ साल, २०१७ साल,२०४७ साल, २०७७ सालहरुमा मा पनि यहीं भनि राखेर सबै संस्था फाल्नु भयो कमाउनु भयो। फेरी किन अहिले के को लागि आन्दोलन? बारका सदस्यले लुकि छिपी लेन देन नगर्ने हो भने सबै सुधार हुन्छ सो किन नगरेको ? जनतासंग सोध्नुस को हो भ्रष्टाचारि वकिल वा न्यायाधिश त्यसको उत्तर वकिल आउँछ।
किन तपाई;हरु १४-१६ को कलेजको अध्ययनमा सिकेको प्रादर्शिताललाई लत्याउनु हुन्छ? कहिले सिक्ने? के मर्नु पर्दैन ? के मर्दा पनि धन सम्पति लिएर जानुहुन्छ? सधै आधा निन्द्रा कति बाच्नु सधै बहस शुल्क हजार लाखमा अनि टेबल माथिको न्यायाधिश तलबाटको रकम बाट महल खडा गरि आफनो स्वाभानिता किन दखल पुर्याउनु हुन्छ ?
हो कोहि कोहि त खोला माथिको ओभानो पहिले गर्ने गरियो पछि केहि ठूलो पाईने दाउमा हुनु होला कोहि जे गर्ने मेरो कर्मचारी मार्फत गर्नुस न्यायाधिशसंग मोलतोल गर्नुस भनी चर्को शुल्क असुल गर्ने, भ्रस्ट्राचार बिकृति भएको देखेर पनि चुप लाग्ने गर्नेहरु पनि हुनु हुन्छ। आन्दोलनको नेता बन्नु हुन्छ। यी अपराधिक काम गरेर झन् ठूलो अपराध गरेको होइन?
विकृति, विसंगति, भ्रष्टाचार रोक्न र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्नको लागि के गर्नु पर्छ सो तिर लाग्नुस् एउटा राणाजीलाई हटाएर कार्की मानन्धर जी लाई लयाउने अनि फाल्ने काम नगरौँ!!! आर्थिक कारोबार पारदर्शिता हुनु पर्छ। सो को लागि २ ठूला नोट खारेज गरि सबै आर्थिक कारोबार बैंक मार्फत गरिनाले चोलेन्द्र मात्र होइन कि महल खडा गर्ने नगर्ने पियनको समेत कारोबार पारदर्शी हुनेछ। अनि तपाईहरुले नचाहेको विकृति, विसंगति, भ्रष्टाचार निर्मूल र न्यायपालिकाको स्वच्छता, गरिमा कायम तपाई आफै गर्नु हुनेछ।
पारदर्शिता गर्नेको शिलशिलामा तीन करोड सबै नेपालीले आई पीओ भर्न पाउने ब्यबस्था गर्ने को लागि रिट दायर भएको छ। तपाईको आन्दोलनले बाधा पुरयाएको छ सहज गराउनु हुनेछ। काले न्यायाधिशलाई हटाउने काम नगर्नुस। कालो धन जम्मा गर्न नसकिने विकृति, विसंगति, भ्रष्टाचार हुन् नसक्ने ब्यबस्था, न्याय क्षेत्रको ब्यक्ति व्यबस्थापिका वा कार्यपालिकामा निस्पक्ष चुनाबबाट पुगन सक्ने ब्यबस्थाको लागि आन्दोलन गर्नुस !!!
तीन पूर्ब न्यायाधिश र के सी अनि समाजिक अभियन्ताले प्रधान न्यायाधीशको राजिनामा माग्न सुहाएन –
चोलेन्द्रलाई हटाएर आफ्नो तिघ्रामा मुतेर न्यानो गराउछु भनि धाक दिने कुरा हो। पूर्ब न्यायाधिशहरुको पालामा माथि भनिएका विकृति, विसंगति, भ्रष्टाचार र न्यायपालिकाको अस्वच्छता, गैर गरिमा आदि थिएन? किन सार्दै आउनु भयो। अहिले हुकारेर हुन्छ। केहि गर्नु परेन हुकारयो पेपरमा छाप्यो। कति मज्जा !
विकृति, विसंगति, भ्रष्टाचार हटाउने साधन पहिले थाहा थिएन अहले पत्ता लगाउनुस वा कसैले लगाएको कुरामा कसरी सो लागु गर्नेमा सहयोग गर्नुस। प्रधान मन्त्रि राजीनामा दिनुस प्रधान न्यायधिश राजिनामा दिनुस भन्ने लाटो बुन्गा हो ?
हड्डीको डाक्टर साहब अबिबाहित र बिसौ पटक अनसन बसेर केहि सुधार केहि समयको लागि गर्नु भयो। के तपाईका अनुयाईहरु तपाईको एक चौथाई स्वच्छ छन् ? जवाब नकारात्मक पाउनु हुन्छ। कुनै काम गरे पछी सधैको लागि सबैको लागि हुने काम गर्नु पर्छ। काम नलाग्ने हड्डी काटेर फाल्नु पर्छ। अहिलेको ब्यबस्थामा रहेको रु ५०० र रु १,००० को नोट फाल्नु पर्छ अनि मात्र देशको रोग नाश हुन्छ ।
प्रधान न्यायाधिश फालेर सुधार गर्छु भन्ने तिर नलाग्नुस के सुधार गर्नु पर्ने हो निजबाट नै गराउनुस । नाच्न नजान्ने आगन टेढो न गराउनुस । आफनो संस्था हो आफै सुरक्षा गर्नुस। संघियता गणतन्त्र ल्याउने अनि त्यो नै भएन भन्ने। प्रधान न्यायाधिशको राजिनामा मागेको फिर्ता लिनुस !
निजबाट सधै सबैको लागि विकृति, विसंगति, भ्रष्टाचार हटाउने साधन परमादेश गराउनुस !
पुनश्च : यो लेख यसै पक्षमा अस्ट्रेलिया सिडीनिमा दिबंगत भएका ५८ बर्षीय स्वार्गीय मामा विजय पौडेल तथा अलास्का अमेरिकामा दिबंगत भएका ३५ बर्षीय स्वार्गीय भतिज उदिप कार्की प्रति दुख:का साथ समर्पित गर्दुछ।
प्रतिक्रिया