हो मात्र सम्बन्ध बचाउन खोजेर ,
होईन तिमी ठूलो मान्छे ठानेर!!
बुझेर तिमिलाई चिनेर बर्षौ बर्ष ,
दिएको सम्मानको खै के अर्थ !!
समयले छर्लंग देखायो ,
तिम्रो व्यवहारले पनि बतायो !
यस्ता बेमतलबका सम्बन्धहरु,
बकम्फुसे हुदा रैछन थाहा भयो !!
तिमीहरु आफ़ैले आफ़ैलाई
भगवान ठान्ने बिचराहरु !
आफनै आत्मा संग झूट,
कसरी बोलेको नकचराहरु !!
मैले सम्मान दिएकोमा,
तिमी आफैलाई महान हूँ नठान !
त्यो त मैले सम्बन्ध बचाई राख्न ,
मेरो बड़प्पन हो तिमी होइनौ जान !!
तिमिले पुरै निचोरेर फ्याक्यौ
मैले होईन तिमीले मलाईं गुमायौ !
मैले एक पेनि खाएको छैन तिम्रो,
खाएकै थालीमा छेद कसरी गरायौ !!
प्रतिक्रिया