नेपालमा सुधारीएको निर्दलीय पन्चायत व्यवस्था आयनु भन्दा पहिले,दशैंलाई नेपालीहरुको महान चाड भनेर बिजयदशमीको दिन राजाले राष्ट्र्को नाममा दिएको सन्देशबाट थाह हुन्थ्यो,र बिद्यालयहरु अदालतहरु घटस्थपानको दिनदेखि बन्द हुन्थ्यो र सरकारी मन्त्रालयहरु पूलपातीको दिनदेखि कोजरतपूर्णिमा बन्द रहन चलन थियो।पंक्तिकार पूर्वको तामाङ्ग भएकोले हरेक दशैंमा घरमा गईन्थ्यो गच्छे अनुसार मनाइन्थ्यो,तर २०३७ सालको जनमत पछि सुधारिएका पन्चायत व्यवस्था आएपछि,राजाले दिने शुभ कामनामा केहि शब्द फेराइयो र भन्न थाले “हिन्दु मात्रको महान पर्व” भनेपछि,दशैं त ताकाधारीहरुको मात्रै पो रहेछन,भन्न थाले गैरताकाधारीले।तर सुधारिएका पन्चायत व्यवस्था दश बर्षमा ढल्यो,२०४७ को परिवर्तन आए तर बास्तबमा भन्ने हो भने,नेपालको एउटा राष्ट्र्यि चिनारी र बिशेषता भनेको यहि नेपालको महान पर्व दशैं नै हो।यसपाली अथवा २०७८ साल २०७७ को दशैंलाई धेरै मानिसहरुले जसरी मनाइन्थ्यो त्यसरी मनाएनन,कारण यातायातको बन्दको कारण।यसपालीको दशैंको समाचार निकै उत्प्ररक भयो,कारण नेपाल स्थित चिनिय राजदूतावासमा Chinese Ambassador HouYanqi।परम्पराकै कै अनुसार आफना साथीहरुलाई टीका लगाई दिइन र यो समाचारले सारा ब्रमाण्ड छायो,तर अमेरिकी राजदुतले पनि दशैंको उपलक्ष्यमा आफनो बासनिवस्थानमा सारा कर्मचारीहरुलाई बोलाएर,चंगा उडाएर दशैंलाई मनाइएको समाचार बहिरिएको थियो।नेपालमा दशैं हिन्दुहरुले मात्रै होइन महायाना बुद्धिष्टहरुले पनि मनाउने गरेको छ भन्ने प्रमाण “नेपालमा जन्मेको भुटानका राजाले दशैंका टीकाको दिन लिगकाना दरबारमा राजाबाट दशैंका् टीका ग्रहण गरेका छन, र उहाँले पनि अरुलाई टीका लगाई दशैंको शुभा कामाना दिनु भएको समाचार आएको दियो।
पंक्तिकारको अमेरिकामा पहिलो दशै २०३८
तत्कालिन शाही नेपाली राजदूतावासमा लोकल स्टाफ भएर काम गर्न थालेको दुई महिना जति भएको थियो,२०३८को दशैं राजदूबासका तत्कालिन परराष्ट्र सचिब बेल्जियम र वासींटन डिसी अमेरिकाका राजदूत उक्त समयमा उहाँ शाही नेपाली राजदूवासका उप नियोग प्रमुख हुनुन्थ्यो।उहाँले सायद महामहिम राजदूतज्यूसंग दशैं मनाउने बारे सम्बाद भयो क्यारे।उहाँले आर्मी सहचारी र प्रथम सचिबलाई आफनो कार्यकक्षमा बोलाउनु भयो र मलाई पनि माथि बोलाउनु भयो र “डिबी” हामीसंग भोलि विहानै फ्रेड्र्कि शहरमा खसि लिन जानु पर्छ।म नौलो त्यहि माथि काँहा जाने काँहा हो फ्रेड्र्कि शहर ? मैले हुन्छ नि हजुर भनेर तल झरेँ। मिथोसलाई भनेर तिन कम कफि ल्याउनु लाउन भन्नु भो।मैले उहाँको साथ खसि लिन जानु पर्ने भयो।साथमा तल्कालिन सैनिक सहचारी सायक रथि चिनिया बहादुर बस्नेत,प्रथम चिब उमेशप्रसाद अधिकारि,म र साथमा कार्यालय सहायकहरुको साथमा २०३८ सालको असोज २७ गते शनिवारको विहान थियोे।बिहान सात बजेतिर हामीहरु मक्लिन शहरको चेष्टरबु रोडबाट निस्केर केदार सरले सैनिक सहचारीलाई टिप्नु भो र पछि उमेशजीलाई टिपेर हामीहरु मक्लिन बाट यहाँका चक्रपथ ४९५ उत्तरतिर लाग्यौं करिब ७ माईल पछि हाईवे २७० नोर्थ तिर लाग्यौं ।सैनिक सहचारी अगाडिको सिटमा,गाडि चाँहि केदार सरले चलाउनु भएको थियो ।त्यसबेलाका अमेरिकन गाडिहरु ठूलो हुन्थे,पछाडिको सिटमा उमेश सर,राम, सूर्यबहादुर म बसेका थियौं अधिबाटोमा पुगेपछि,लौ डिबी अस्तिको गीत गाउ” भन्नु भयो केदार सरले ।मैले कुन चाँहि सर भनेर सोधें “आलु र तामालाइ” मैले छत्र गुरुङ र साथीहरुले गाएको गीत गाएँर केदारसरले गाडिको स्टिरिङहुल माथि भावनात्कम मादल बजाउन थाल्नु भो।चिनिय बहादुर जरसाहबले पनि चुटका बजाएर रमाईलो मान्नु भो उता उमेश सरले “ ह्योईन नोट बोटका आज त अष्टमी पो हो” केदार सरले एकैछिन अब फ्रेड्र्र्कि आउन लाग्यो त्यहाँ पुगे पछि, भोटकालाई देविलाई चडाएर हामीले अलि अलि पिउन पर्ल भन्नु भएपछि,मैले अर्को गीत गाउन थालेंँ,“सिन्दुली गडि घुमेर हेर्दा“।फ्रेडरिक काउन्टीका अर्वबाना शहर काटेपछि गाडिबाट एउटा शहरको मनमोहक दृश्यले सबैलाई थानकोटबाट काठमाडौंको दृश्य जस्तो लागेछ,मलाई भने,काठमाडौंबाट लामोसाँगु सम्म बसमा जाने अनि ठाडै पेटकु,पाखारका सिलढुगा,मुडे द्यौराली,बोत्ले,भित्री भन्ज्याङ पानीखानी,भैँसे, ध्याङ भन्ज्याङ भएर पैताला हिँडेर घरमा जाने बाटोको याद आयो।त्यसपछि केदार सरले गाडि रुट १५ नोर्थतिर लानु भयो,त्यसपछि मनरोज सडकको एकजिष्टलाई लिनु भो दाँहिने मोडनु भो,त्यसपछि त्यहि सडक बेथल अभिन्यू बन्यो,हामीहरु गोठ र घरभएको काठको पर्खाल लगाएको ठाँउभिर पस्यौं,हामीलाई स्वागत गर्न एउटा ६ फिटजति अल्को पातलो गोरो मानिस आए र “यू गाई लुकिङ गोट राइट” जरसाहबले एस भनेपछि सबैभन्दा ठूलो घोर्ले खसिलाई अस्सि डलर, बिस पचिस धार्नीका लाई साठि डलर,तिरेपछि ईतिश्री गर्ने बेलामा उमेश सरले भन्नु भयो”दशैंको खसिको त रगती पनि लानु पर्छ“ रामले साथमा लगेको डेक्चि लिएर रगत थापे क्यारे ।मैले पहिले नै उमेश सरबाट त्यस ठाउँको कथा थाहा पाई सकेको थियो।मेजर जनरल पदम बहादुर खत्री राजदूत हुनु भएको समयमा राजदूतावासका सबै कर्मचारीहरु त्यस ठाँउमा बनभोजका लागि जानु हुन्थ्यो रे।
हरेक दशैंमा घरमा जाँदा साथमा गाँउले भाई बहिनीहरुलाई साथमा लगेर जानु पर्ने त्यसको सम्झनाले मलाई मनमा सताई राखेकोक थियो,पहिलो पटक अमेरिकामा आई पुगेको डिसी घना शहरबाट पहिलो पटक कन्ट्रीसाइडमा जाँदा, गाईगोठ,बाख्रा भेडाहरुको बथान,मकैबारिमा कुखुराहरु मकैबारीमा चारो खोजेर खाई रहेका दृश्यले मलाई मेरो मनको भावानाले नेपालकोृ गाँउघरमा पुर्याइ सकेको थियो।अहिलेको जस्तो अनुहार किताब मोबाईल फोनको चलन थिएन, भूगोलको नक्सा हेरेर मात्रै नेपाल यहाँनिर छन भन्ने ज्ञान हुन्थ्यो।
केदार सरले र जरसाबले एउटा उमेशजी र राजेन्द्रजीलाई आधि आकि,दशैंको लालि महामहिम डाक्टर भेष बहादुर थापाज्युले दिनु भएको एक सय डलर थियो, त्यहि दिए।त्यतिकैमा केदार सरले,लौ खाजा खान जाँउ भन्ने उमेशजीको आवाज आएपछि,हामीहरुलाई खसी सप्फा गर्न लगाए,पिजाहटमा आयौं र ठूलो दुइटा पिजालाई लिएर खायौं,दाम कति थियो थाहा भएन,केदर सरले टिप्स समेत दश डलर दिनु भयो।बाहिर गाडिमा उमेश सरले लानु भएको रसियन भोडकालाई भित्रबाट गिलाँस ल्याएर,केदार सर बाहेक सबैलाई अलिअलि पियौं र बार्नेको दोकानतिर आयौं,उनले मासुलाई काटेर व्यगमा हालेर राखेको रहेछ,लिएर हामीहरु फक्र्यौं।
राजदूवासमा दर्शैको रमझम,तत्कालिन शाहज्यादी जोत्शना बस्नेतको हातबाट टीका सबैले ग्रहण पछि,अतिथीहरु आउन थाले।क्यानाडाको ओटावाबाट डाक्टकर जब नारायण श्रेष्ठ, उहाँकी श्रीमती बिमाला श्रेष्ठ,सुखदेव शाह,बिष्णु पौडेल उहाँको सपरिवार,भूपालमान साक्य साथमा सपरिवार,मुकुन्द घिमिरे सपरिवार,माधव घिमिरे सपरिवार,कृष्ण निरौला,कृष्ण सत्याल,लाल श्रेष्ठ उहाँका भाईहरु,अच्युत श्रेष्ठ उहाँको आमा दाई,बिशोम्बरलाल श्रेष्ठ,उहाँहरु तत्कालिन बेलायतका लागि शाही नेपाली राजदूत त्यस समयमा जर्जवासीैगटन बिश्वविद्यालयमा पिएज डि लागि अध्ययनरत हुनु हुन्थ्यो र चित्र कृष्ण तिवारी पनि सो बिश्वबिद्यालयमा पिएचडिका बिद्यार्थी हुनु हुन्थ्यो।सबैजना एउटा रमाईलो बाताबरणमा नाचगान शुभ कामना गरि मनाइएको हिजो जस्तो लाग्छ,समय गन्न लागेको चालिस बर्ष भैसके छन्।नेपाली भएर बच्न थाल्यौं भने हामीहरुलाई सबैले चिन्लान नत्र उहि हो।
तुलसी महर्जन र मैले मादल र गीत गाएर रमाईलो गर्यो।आजकल नेपाली भएर आफूलाई परिचय दिदैनन् नेपालीहरु,“ म नेपाली कांग्रेशको” म” एमालेको” म ‘”राप्रपाको ” हामीहरु तराईका हामीहरु नेवाहरु हौ,हामीहरु ल्होछार मान्नेहरु हौ,त्यतिले पनि नपुगरे म्याग्दी समाजका हौ,तनहुँ समाजका गोर्खा समाजका, राष्ट्र्ले दिएको राहदानीले नपुगेर एनआर एनको परिचयपत्र बोक्नेहरु आफूलाई नेपाली भन्नु भन्दा एन आर एन का कार्यकारी सदस्य हो भन्दा आफूलाई सगरमाथा भन्दा अल्गॊ ठान्दछन् नेपालीहरु।
हामीले सौहाद्रलाई गुमायौं,एन आर एनको परिचय पत्रलाई कमायौं।
-डिग बहादुर तामाङ्ग,भेडापु,दोलाखा
प्रतिक्रिया