कतिञ्जेल (छोटो कविता)

मित्र उराठी गौतम, अमरपुर गुल्मी हालः बुटवल २०७८ कार्तिक १० गते २३:१२ मा प्रकाशित

तिमी
नबोलेर के भो ?
तिम्रा आँखाहरु
आतुर छन्
तिम्रा ओठहरु
फर्फराइरहेछन्
मुटुको ढुकढुकी
बढिरहेकै छ
कतिञ्जेल
सक्छ्यौ र थाम्न
यसै गरि ??

– मित्र उराठी गौतम
अमरपुर-गुल्मी हालःबुटवल

प्रतिक्रिया