गैरआवासीय नेपाली संघको महाधिवेशन संघको आगामी अन्तर्राष्ट्रिय महाधिवेशन सम्बन्धमा

इनेप्लिज २०७८ कार्तिक १ गते ११:२१ मा प्रकाशित

गैरआवासीय नेपाली संघको ८० औं अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक अध्यक्ष कुमार पन्तको अध्यक्षतामा १६ अक्टोर २०२१ शनिवारका दिन भर्चुअल माध्मबाट सम्पन्न भयो।बैठकले संघको १० औं कार्यसमितिको निर्वाचन तथा महाधिवेशन आगामी नोभेम्वर ३० तारिख,२०२१, भित्र गर्ने वातावरण मिलाउने निर्णय भएको छ।सो निर्वाचनलाई तोकिएको समयमा व्यवस्थित रुपमा सम्पन्न गर्न पराराष्ट्र मन्त्रालय लगायत बिभिन्न सरोकारहरुसंग छलफल गरि महाधिवेशनको वातावरण तयार गर्न अध्यक्ष कुमार पन्तलाई जिम्मा दिने निर्णय गरेको छ।

बैठकले गैरआवासीय नेपाली संघको विधानको धारा १३ को उपधार २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिनाको लागि थप गर्ने निर्णय गरेको छ। बैठकले संघको महाधिवेशन प्रतिनिधिहरुको सम्बन्धमा आएका गुनासाहरुलाई सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसंगको परामर्शमा टिओआर सहित एक स्वतन्त्र समिति गठन गर्ने र सो समितिको सुझावको आधारमा आएका प्रतिनिधिहरुको नामावलीलाई निर्वाचन समितिमा पठाउने निर्णय गरेको छ।

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधिहरुका सम्बन्धमा आएका गुनासाहरुलाई सम्वोधन गर्न संघ सक्षम रहेको र संघको मुल्य, मान्यता र गरिमालाई उच्च राख्न छिटो भन्दा छिटो महाधिवेशन सम्पन्न गरि नेतृत्व हतान्तरण गर्न वर्तमान कार्यसमिति प्रतिबद्ध रहेको जानकारी गराईन्छ साथैं संघको महाधिवेशन सम्म संयमित हुन सबै पक्षप्रति आग्रह गर्दछौं।

डि.बि क्षेत्री

प्रवक्ता

मितिः १८ अक्टोवर २०२१

प्रतिक्रिया