थप १४ जना कोरोना संक्रमितको मृत्यु

इनेप्लिज २०७८ असोज २७ गते ११:०२ मा प्रकाशित

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ५७ पुगेको छ।

मंगलबार ९१० जना कोरोना संक्रमणमुक्त भएका छन्।हाल देशभर १४ हजार ५५४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार ६० पीसीआर तथा २ हजार ५५९ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया