निरुको ।।।माया मेरी’मा सुधिर र उषाको रोमान्स

इनेप्लिज २०७८ असोज २७ गते १०:३० मा प्रकाशित

 

काठमाडौं।गायिका निरु घिमिरेको सुमधुर स्वर रहेको नयाँ गीत।।।माया मेरी’ सार्वजनिक भएको छ।लोकशैलीमा तयार गीत आकर्षक म्युजिक भिडियो
सहित सार्वजनिक गरिएको हो । गीतमा गायिका घिमिरेलाई गायक प्रमोद खरेलले स्वरमा साथ दिएका छन्।

मुनाल शिशिर कोइरालाको प्रेमकथाले भरिएको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ।गीतको संगीत संयोजन पुरुषोतम सुवेदीले गरेका हुन्।

गीतको भिडियोमा दुई जोडी कलाकारको प्रेमकथा समेटिएको छ।जसमा सुधिर श्रेष्ठ,उषा उप्रेती,कमल सिंह र जुना कार्कीको रोमान्स देख्न सकिन्छ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो विकल्प क्रियशनले निर्माण गरेका हो ।उत्सव दाहालको छायाँकन र सिलन लम्सालको सम्पादन रहेको भिडियो पछिल्लो समयका चर्चित तथा ब्यस्त निर्देशक मुनाल शिशिर कोइरालाले भिडियो निर्देशन
गरेका हुन्।गीत तथा भिडियोले दर्शक तथा श्रोताको मन जित्ने बिश्वास रहेको गायिका घिमिरेले बताइन्।

प्रतिक्रिया