अछाम।अछामको पञ्चदेवल बिनायक नगरपालिका कुइकामा गएराती बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका १४ वर्षीय जीवन न्यौपाने,१८ वर्षीय सर्प बोहरा,१७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली छन्।
जन्ती गएर फर्किएको जिप विनायक बजारतर्फ फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
दुर्घटनामा १४ जना घाइते भएका छन्।घाइते मध्ये १२ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने २ जनालाई नेपालगन्ज लगिएको छ ।
कच्ची सडकमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर जीप करिब दुई सय मिटर तल खसेको हो।
प्रतिक्रिया