चिट्ठी पठाउने धोको

भावना बिष्ट २०७८ असोज १९ गते १:२० मा प्रकाशित

एउटा चिट्ठी पठाउने धोको छ
मनका सबै कुरा त्यसैमा अटाउने धोको छ

नाफ़ा र घाटा त तिमिले गरेको क़ुरा मात्र हुन
मैले त्यो बारेमा केही हिसाब घटबढ गर्ने छैन

मैले निस्वार्थ भावले अपनाए कै हो त साथी
त्यही मुल क़ुरा तिमिलाई राम्ररी सम्झाउने धोको छ

कुनै दिन फुर्सदमा बसेर खुट्याऊनु क़ुरा मेरा
के भयों ? घाटा नाफ़ा तिम्रो नै मुखबाट सुन्ने धोको छ

तिम्रो नाममा एउटा चिट्ठी लेख्ने धोको छ
मनका सबै क़ुरा त्यसैमा अटाउने धोको छ

प्रतिक्रिया