नवगीत लेखनमा दुई देशविच परिचर्चा

सुरेन उप्रेती अटवा क्यानडा २०७८ असोज १५ गते २२:०७ मा प्रकाशित

सुरेन उप्रेती अटवा,गत शनिवार सेप्टेम्वर २५ तदनुसार अशोज ९ २०७८का दिन नेपाल र भारतका गीतकारहरूका माझमा नवगीतका बारेमा विचार विमर्श भयो ।सो कार्यक्रमलाई स्रष्टा साँझ अमेरिकाले आयोजना गरेको थियो।कार्यक्रममा भारतका चर्चित नवगीत लेखकहरू अध्येताहरू शौरभ पाण्डेय,साहित्यकार एवम् गीतकार गणेश गम्भिर,गीतकार देवेन्द्र आर्य हुनुहुन्थ्यो।त्यस्तै नेपालबाट डाक्टर ढुण्डी पहाडी,डाक्टर हरि सलवाल,साहित्यकार एवम् गीतकार सुशिला पौडेल सहभागी हुनुहुन्थ्यो।त्यस्तै गरी अमेरिकाबाट साहित्यकार प्राध्यापक मोहन सिटौला,गीतकार शैलेस आचार्य,प्रभात दिक्षित र क्यानडाबाट सुरेन उप्रेती सहभागी हुनु हुन्थ्यो।

भारतमा नवगीतको प्रारम्भ सन १९५८मा राजन प्रसादले शुरूवात गरेको कुरा गणेश गम्भिरले सुनाउनु भयो।नवगीतले परम्परागत दुख वेदना र मर्म भन्दा माथी उठेर जीवन र जगतको बारेमा बोध गराउँने र सन्देश दिने गरेको कुरा बताउनु भयो।समाजमा भए घटेका विकृति र विसंगतिहरूलाई ठाडो प्रतिकार गर्ने चेत बोकेको कुरा औँल्याउनु भयो।समाजलाई परिवर्तनका पक्षमा उठ्न प्रेरित गरेको कुरा बताउनु भयो।त्यस्तै गरी शौरभ पाण्डेयले नवगीतले परंपरागत शैलिर बन्धनमा बाँधिएर सन्देश सुन्यहुने परंम्पराबाट बाहिर निस्कन फड्कोमारेको छ भन्नु भयो।छन्द र मुक्त छन्द दुबैमा लेखिने नवगीतले,गीतका नियमहरूलाई कायम राख्दै विचार प्रदायक बनेको कुरा श्री पाण्डेयले बताउनु भयो।अर्का विचारक तथा गीतकार देवेन्द्र आर्यले नवगीतले परंपरागत छन्द लय रसका सबै तत्वहरूलाई कायम राख्दै सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा बताउनु भयो।

नेपालमा नयाँ गीतको थालनी र प्रयोगको चर्चा गर्दै जनगीतहरू जनताका गीतहरू भन्ने नामले पंचायत कालमा जनता जगाउनेकामको थालनी भएको कुरा डाक्टर हरि सिलवालले बताउनु भयो।राल्फा,जनसाँस्कृतिक मंच,रक्तिम परिवार,प्रगतिशिल साँगितक समूह,इन्द्रेणी समुह,आदिले जनवादी गीतका रूपमा जनचेतना फैलाउने कामको थालनी गरको कुरा चर्चा गर्नु भयो।बिबिध लोकलय र लोकभाकालाई अनुसरण गर्दै चेतना फैलाउने काम भएको थियो भन्नु भयो । डाक्टर ढुण्डि पहाडीले नेपालमा माधव घिमिरेले नयाँआयाम थपेको कुरा बताउनु भयो।स्थाइ र अन्तरामा फरक हुनु पर्छ।नयाँ पुस्ताले नयाँ ढंगले म्यूजिक र दृश्यावलोकन प्रयोग गरेर अगाडि बढेको कुरा बताउनु भयो।शशक्त विम्ब र प्रतिक प्रयोग गर्नु पर्छ भन्नु भयो।उहाँले राममान तृषितका गीतहरू सुनाएर जानु भयो।

कार्यक्रममा प्राध्यापक मोहन सिटौलाले बिभिन्न साहित्यकारहरूको गीतको चर्चा गर्दै गीतले श्रोतालाई सम्वेदनशिल बनाएर बिम्वका माध्यमले मन्त्रमुग्ध बनाउँछ ।माधव घिमिरेको लाग्दछ मलाई रमाइलो आफ्नै पाखा पखेरा भन्ने गीत सुनाउनु भयो।धर्मराज थापाको दसनङ्ग्रा खियाएर भन्ने गीत,जेवी टुहुरेका नवगीत सुनाउनु भयो ।श्री सिटौलाले यो माया कसलाई दिँउ भन्ने आफ्नै गीत पनि सुनाउनु भयो।

लामो छलफलको अन्त्यमा सबै सहभागीहरूबाट दुई दुईथान नवगीतहरू सनाउनु भएको थियो।डाक्टर हरि सिलवालले किरण खरेलको म प्यारबेची दिन्छु बहार बेची दिन्छु भन्ने नवगीत बाचन गर्नु भयो।कार्यक्रमको अन्त्यमा स्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दिक्षितले कार्यक्रमको चर्चा गर्दै सबै सहभागीहरूलाई धन्यवाद दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि गणेश गम्भिरले गर्नु भएको थियो । त्यस्तै गरी बिशेष अतिथि शौरभ पाण्डेय हुनु हुन्थ्यो।कार्यक्रमलाई सुरेन उप्रेतीले सन्चालन गर्नु भएको थियो।

प्रतिक्रिया