पुरोहित होमप्रसाद आफ्ना जजमानहरुको शुभकार्य गर्नु पर्यो भने पुगेर गर्दथे। अशुभ कार्य गर्नु पर्यो भने म गर्न सक्दिन भनेर जान गाह्रो मान्दथे।जजमान मदनबहादुरको कालगतिले मृत्यु भएपछि किरिया गर्नको लागि पुरोहित होमप्रसादलाई भन्न जांदा “किरिया जस्तो अशुभ काम म गर्न सक्दिन अर्को पुरोहित हजुरले खोजेर गर्न लगाउनु” उनले भने।“विवाह,ब्रतबन्ध जस्तो शुभ कार्य गर्नु पर्यो भने बाजे तुरुन्त आउनुहुन्छ,श्राद्ध किरिया गर्नु पर्यो भने हामीले बाजेलाई डाक्न आउंदा गर्न सक्दिन किन भन्नुहुन्छ ?” जजमान हरे रामले प्रश्न गरे।
“अशुभ कार्य गर्न मेरो मनले मान्दैन के गर्ने हजुर” पुरोहितले भने।“तपाईहरुको पेशा नै यही भएपछि शुभकार्यको साथै अशुभ कार्य पनि गर्नु पर्यो नि श्राद्ध किरिया तपाईले गरिदिनु भयो भने दान र दक्षिणा लिन पाउनुहुन्छ बाजे” जजमान हरेरामले भने।“मलाई दक्षिणा र दानको लोभ छैन हजुर” पुरोहितले भने।“त्यसो भए आजै देखि विवाह र ब्रतबन्ध जस्तो शुभ कार्यमा पनि जान छाडिदिनोस् तपाईको सट्टा अरु पुरोहित बाजेले गर्छन्” जजमान हरेरामले भने ।
अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग,काठमाडौं
मोबाइल नम्बर ९८४१७९७६६४
इमेलः[email protected]
प्रतिक्रिया