शहर पस्न रहर थिएन
गाउँमा बस्न साहूले दिएन
मलाई पाखा लगाएर, खाने उसको दाऊ
कतिसम्म अत्याचारी, सामन्ती त्यो साहू
मलाई पनि रहर थियो, आफ्नै गाउँमा डुल्न
आफ्नै बागको फूलबारीमा ढकमक फुल्न
शहर पस्न रहर थिएन
गाउँमा बस्न साहूले दिएन
के के गर्दो रै’छ त्यसले, हेरी बसेको छु
त्यसैको त्यो अत्याचारले, शहर पसेको छु
सहनलाई गाह्रो भयो, त्यो पापीको घेरामा
कसलाई मन लाग्छ होला, बस्नलाई डेरामा??
शहर पस्न रहर थिएन
गाउँमा बस्न साहूले दिएन
(घर छोडेर हिँड्नु पर्ने सबैका आफ्ना आफ्ना बाध्यता अनि कथा हुन्छन्।अरुको ठाउँमा बस्नुपर्दाको पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ।देख्नेलाई के थाहा ऊ भित्रको घाउ कस्तो छ भनेर..??!!)
-दुर्गा लोहनी
प्रतिक्रिया