अरनिको अन्तर्राष्ट्रिय पुरस्कार साहित्यकार हरि अधिकारीद्वारा लिखित ‘ संकलित गद्य रचना’ नामक कृतिलाई प्रदान

इनेप्लिज २०७८ असोज ९ गते १९:५३ मा प्रकाशित

 

गैर आवासीय नेपाली संङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले गैर आवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका वाङमयका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहितको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरे बमोजिम पहिलोपटक २०७७ सालभरिमा प्रकाशित भएका कृतिहरूमध्ये अमेरिकामा स्थायी बसोवास गर्नु हुने साहित्यकार हरि अधिकारीद्वारा लिखित ‘ संकलित गद्य रचना’ नामक कृतिलाई प्रदान गर्ने निर्णय गरेको छ ।

निबन्ध, संस्मरण र ब्यक्तिचित्र मार्फत समकालीन प्रवासी र नेपाली समाज, राजनीति, साहित्य लगायत समाजका विविध पात्रहरूबारे निजात्मक शैली, सुललित भाषा, सरल शिल्पविधान र निर्भिक प्रस्तुतिसहित गहन वैचारिक विमर्शको आग्रह राखिएकोले हरि अधिकारीको ‘संकलित गध रचना’ नामक कृतिलाई पुरस्कारका निम्ति चयन गरिएको हो ।

वरिष्ठ आख्यानकार डा.ध्रुवचन्द्र गौतमको संयोजकत्वमा डा.हरिराज भट्टराई, डा.ज्ञानु पाण्डे र नयनराज पाण्डे सम्मिलित निर्णायक समितिले ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ का लागि यस कृतिको चयन गरिएको हो ।

पुरस्कृत कृतिका लेखक अधिकारीलाई गैरआवासीय नेपाली सङ्घको यहि अक्टोबरमा काठमाडौंमा सम्पन्न हुने दशौ महाधिवेशनका अबसरमा पुरस्कार हस्तान्तरण गरिने जानकारी समितीका अध्यक्ष हिक्मत थापाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया