काठमाडौं।आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ। मंगलबार विहान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आइपुगेको क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघका पदाधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे।
अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको चार खेलमा नेपालले दुई जित निकालेको छ।नेपालले अन्तिम खेलमा ओमानलाई सात विकेटले पराजित गरेको थियो।दोस्रो खेलमा नेपाल ओमानसँगै पाँच विकेटले पराजित भएको थियो।पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो भने तेस्रोमा तेस्रो खेलमा अमेरिका सँगै छ विकेटले पराजित गरेको थियो।ओमानलाई हराएपछि नेपाल लिग टु को चौंथो स्थानमा समेत उक्लिएको छ।
नेपालले ८ खेलमा ८ अंक जोडेको छ । ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा छ।
प्रतिक्रिया