सुदूरपश्चिममा ५सय ८८ संक्रमितको मृत्यु,१९ प्रतिशतले लगाए खोप

वीरेन्द्र रावल २०७८ असोज २ गते १६:०७ मा प्रकाशित

वीरेन्द्र रावल,धनगढी,असोज २ ÷ केहि समययता कोरोनाको संक्रमण दर घट्दै गएको छ।पछिल्लो समय कोरोना संक्रमण बढेसंगै ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको थियो।भने कोरोनाबिरुद्धको खोप आएसंगै कोरोना संक्रमण घटेसंगै मृत्यु हुनेको संख्या पनि घटेको छ।

त्यस्तै,सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार सुदूरपश्चिममा हालसम्म तीन लाख ३३ हजार ७५५ जनाको परीक्षण गर्दा ४६ हजार ७५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि सरकारी कार्यालय, गैरसरकारी संघसंस्थाले विभिन्न स्वास्थ्य सामग्री वितरण गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकाले संक्रमण दर घट्दै गएको बताइन्छ।

संक्रमण दर घट्दै गएपछि यहाँका नागरिकले स्वास्थ्य सुरक्षाका मापडण्ड पालना नगर्दा पुनः कोरोना जोखिम बढ्दै जाने निर्देशनालयले बताएको
छ ।
सुदूरपश्चिम प्रदेशमा कोरोना जोखिम कायमै रहेका कारण यहाँका नागरिकले निकै सचेतना बढाउनुपर्ने प्रदेश स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले बताउनु भयो उहाँले भन्नुभयो— कोरोना जोखिम कायमै छ,त्यसैमा चाडबाडका बेला पनि सुरु हुन थालेकाले जोखिम झनै बढ्न सक्छ, सबैले सावधानी अपनाउनु जरुरी भएको छ।

पछिल्लो समय सुदूरपश्चिममा चाडपर्व तथा मेला निर्वाधरुपमा सञ्चालन भइरहेका र ती मेला पर्वमा नागरिकको उल्लेख्य सहभागिता हुने गरेका कारण पनि संक्रमणको जोखिम बढ्न सक्ने स्वास्थ्यकर्मी बताउँछन्।

त्यत्तै, सुदूरपश्चिम प्रदेशमा १९.०१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

गत माघयता थालिएको खोप अभियानअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि विभिन्न लक्षित समूह गरी चार लाख ७५ हजार ४१२ जनाले कोरोनाविरुद्धको खोप लगाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख गुणराज अवस्थीले जानकारी दिनुभयो।उहाँले भन्नुभयो— २५ लाख जनसंख्या रहेको सुदूरपश्चिमका नौवटै जिल्लामा कोरोनाविरुद्धको पूर्ण खोप (दुवै मात्रा) लगाउने काम सकिएको
छ।

पहिलो मात्रा लगाउनका लागि केन्द्रबाट खोप आएपछि सुरु हुन्छ,निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले भन्नुभयो— अहिले तत्काल खोप अभियान सञ्चालनमा छैन।

सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा एक लाख ७५ हजार ४२८ ले कोरोनाविरुद्धको खोप लगाएका छन्।त्यसैगरी कञ्चनपुरमा ९३ हजार ५४९, अछाममा ४२ हजार ५३४ ले कोरोनाविरुद्धको खोप लगाएको निर्देशनालयको तथ्यांकले देखाएको छ।

त्यसैगरी बैतडीमा ४१ हजार ६८८,डोटीमा ३६ हजार ४९४, दार्चुलामा २६ हजार ४७४,बझाङमा २५ हजार ७९१ ले खोप लगाएका छन् भने डडेल्धुरामा २१ हजार ४३६ र बाजुरामा १२ हजार १८ लाई कोरोनाविरुद्धको खोप लगाइएको कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले जानकारी दिनुभयो।

सुदूरपश्चिममा कोभिसिल्ड,भेरोसेल,जोन्सन एण्ड जोन्सनलगायतका खोप लगाइएको थियो।पहिलो चरणमा खोप अभियान सञ्चालन गर्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिलगायत गरी ३८ हजार ३०२ ले लगाएको निर्देशनालयले जनाएको छ।

कोरोनाबाट थलिएको सुदूरपश्चिममा अवस्थामा सामान्य बन्दै गएसँगै स्थानीय प्रशासनले गरेको लकडाउन खुकुलो बनाउनका साथै जनजीवन सामान्य बन्दै गएको छ।संघीय,प्रदेश र स्थानीय पालिकाले यहाँ स्वास्थ्य पूर्वाधार निर्माण र स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण थप्न पहल गरिरहेका छन्।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया