कमल परियारको “दशैं तिहार आयो” म्युजिक भिडियो सार्वजनिक -लालबहादुर ढेंगा,दुबई,युएई

इनेप्लिज २०७८ असोज २ गते १५:५० मा प्रकाशित


दुबई।गएको १७ सेप्टेम्बर शुक्रबारका दिन लोक गायक कमल परियारको प्रवासमा कार्यरत नेपालीहरुको मन छुने गीतिएल्वम “दशैं तिहार आयो” म्युजिक भिडियो सार्वजनिक भएको छ।नेपालीहरुको ठूलो चाडको रुपमा मनाइने दशैं र तिहार नजिकिदै जादा उक्त म्युजिक भिडियो हाईलाइटस नेपाल च्यानलद्धारा सार्वजनिक गरिएको हो।

विगत ११ बर्षदेखि युएईलाई आफ्नो कर्म थलो बनाउदै आएका नेपालको गुल्मी जिल्ला थोर्गा वडा गाउंपालिकाका निवासी लोक गायक कमल परियारको गीतिएल्वम दुई दर्जन भन्दा बढि बजारमा आईसकेका छन्।साथै युएईस्थित नेपालीहरुको हुने विभिन्न कार्यक्रममा स्टेज तताउने परिचित कलाकारको रुपमा पनि चिन्न सकिन्छ।शान्त स्वभाव तथा अति नै मिलनसार भएका कारण सागीतिक क्षेत्रमा आफ्नो स्थान जमाउनुका साथै दर्शक श्रोताहरुको मन मुटुमा समेत बस्न सफल भएको पाईन्छ।

यो म्युजिक भिडियो खासगरी वैदेशिक रोजगारीको सिलसिलामा रहेका प्रवासीहरु दशैं र तिहार मनाउन घर बिदामा जान नपाएपछि परिवारको सम्झनामा मन भक्कानिएर पीडामा परेकाहरुका लागि लक्षिंत गरिएको छ।समग्रमा भन्ने हो भने बिदेशमा पिल्सिएका प्रवासी र घर परिवारका सदस्यको बेदनालाई प्रत्यक्ष चित्रण गरिएको पाईन्छ।बिदेशको भूमिमा रहेता पनि आफ्नो कला, संस्कृति र चाड पर्वको मौकामा गीत या भिडियो मार्फत आ–आफ्नो दुःख र बेदना पोखेको देख्न सकिन्छ।

उक्त “दशैं तिहार आयो” गीतिएल्वम दिपक बिश्वकर्माको लय र शब्दलाई चर्चित लोक गायिका पूर्णकला बि.सी र कमल परियारको मधुर स्वरले सजाएको छ भने अरेन्जरको अहम भूमिका यमन खनालले निभाएको छ।सहायक निर्देशक बिमल खरेल र स्टोरी निर्देशक पंकी सूरजको निर्देशनमा सीता सापकोटा,रेशम सरबुजा,अन्जु रसाईली,कुशल पटेल र बिमलद्धारा अभिनय गरेका छन्।सफल फिल्मसको व्यानरमा शान्ती गोतामे निर्मात्रीको रुपमा रहेता पनि सिंगारमा अन्जु रसाइली र छायांकन तथा सम्पादन भने सुनिल बिश्वकर्माको रहेको छ।

प्रतिक्रिया