लोक दलको प्रेस विज्ञप्ती

इनेप्लिज २०७८ असोज १ गते १०:१२ मा प्रकाशित

पिछडावर्ग,दलित,आदिवासी जनजाति लगायत सम्पूर्ण मधेशीमाथि दमन शोषणलाई कामय गर्न बलजफ्ती बन्दुकको बलमा २०७२ साल असाजे ३ गते जारी गरिएको कालो संविधान पिछडावर्ग,दलित,आदिवासी जनजाति लगायत सम्पूर्ण मधेशीको विरोधी रहेकोले संविधान जारी गरेको असोज ३ गतेलाई विगतका वर्षझै यस वर्ष पनि लोक दलले कालो दिनको रुपमा स्मरण गर्ने निर्णय गरेको छ।

संविधानमा पिछडावर्ग लगायत सम्पूर्ण मधेशी दलित, आदीवासी जनजाति सहित विभेदमा परेका सबै वर्ग,समुदाय र जातजातिको अधिकार,पहिचानलाई सुरक्षित गर्न संविधानमा संशोधन गरी सबैको संविधान बनाउन लोक दल विगतदेखि माग गर्दै आइरहेकोमा सत्ता पक्ष आफ्नोशासनलाई उत्पीडित वर्गमाथि लाद्ने र बन्दुकको बलमा शासन गर्ने शैलीलाई निरन्तरता दिन एकल जातिय संविधान निर्माण गरेकाले यसको विरोध गर्दै असाज ३ गते कालो दिनको रुपमा स्मरण गर्दै निम्न कार्यक्रमहरु
गर्ने निर्णय गरेको छ।

असोज ३ गतेको कार्यक्रम :
१. संविधानको विरोध गर्दै संशोधनको माग गर्ने।
२. असोज ३ गते साँझ ७.०० बजेदेखि ७.१५ बजेसम्म ब्लाक आउट गर्ने।
३. आ–आफ्नो घरमा कालो झण्डा राख्ने।
जय समाज

कौशल कुमार सिंह
अध्यक्ष
मो. ९८५११३३८६१
मिति : २०७८ असोज १ गते ।

प्रतिक्रिया