अमेरिकाकै नेपाली समुदायको लागि एउटा उम्दा उदाहरण बनेको थियो न्याक। छोटो अवधीमै यसले समुदायमा नयाँ आशा र उमंग भरेको थियो। भलै, यसका लागि पृष्ठभुमीमा दशकभन्दा बढी समयदेखी चलिरहेका विविध प्रयासहरुले सिकाउँदै गैरहेको अवस्था थियो नै। यसै अभियानसंग जोडिएर हाम्रो समुदायमा एक उदाहरणीय एकताको बलियो जग बन्दै गैरहेको थियो।
न्याकको परिकल्पना र त्यसको बिजारोपणमा करिब ९ महिना अनवरत काम भईसकेपछी भर्जिनियाको नेपाली समुदायले पुर्याएको विवेकसम्मत प्रकृया एक मिसाल बनिसकेको थियो। छोटो अवधीमै ठुलो आशा जगाउन सफल थियो। अमेरिका भरिकै नेपाली समुदायका माझमा एक ‘भाईब्रेन्ट’समुदायको रुपमा पहिचान स्थापित हुँदै थियो।
यसरी उदाहरणीय बनेको संस्थामा एक्कासी सबैको आकर्षण ह्वात्तै बढेर जानु सामान्य कुरा थियो। शुरु शुरुका दिनमा धेरैलाई बिस्वास नै थिएन। तर जब बढो सतर्कतापुर्वक अभियानलाई जतनका साथ अघी बढाईयो र सफल हुँदै गयो त्यसपछी धेरै मित्रहरुलाई नेतृत्वमा पुग्नै पर्ने मानसिकता बिकसित हुँदै गयो ।
अमेरिकाकै नेपाली समुदायको लागि एउटा उम्दा उदाहरण बनेको थियो न्याक। छोटो अवधीमै यसले समुदायमा नयाँ आशा र उमंग भरेको थियो।
पद्दती र प्रकृया मिचेरै भए पनि पुगौं भन्ने लोभिपापी मन भएको मानिसका वीचमा साना तिना मानव स्वभावजन्य गल्ती त्रुटीहरु नभए होलान् भन्न सकिन्न। यतिसम्म पनि अस्वभाविक होईन। तर गल्ती गर्ने र गरिएको गल्तीमा आफुलाई क्षमा माग्न तयार नहुनु चै हाम्रो समुदायका सामाजिक अगुवा नेता हुँ भन्नेहरुमा ठुलै समस्या देखिन थालेको छ।
पद्दती र प्रकृया मिचेर काम गर्न खोज्दा सामाजिक संस्थामा बिबाद उत्पन्न हुनु स्वभाविक हो भन्ने तथ्य सबैले बुझ्नै पर्छ। हुन पनि समुदायको बृहद् सदस्यता भएका नेपाली सामाजिक संस्थाहरुमा बिवाद रहित संस्था विरलै होलान्। तर, उत्पन्न विवादहरुलाई समाधान गर्न तत्कालिन निर्णायक कमिटी वा टिमले कस्तो नीति, रणनीति वा व्यबहार देखाउँछ त्यसमा संस्थाको क्षमता मात्रै हैन भविष्य पनि निहित हुन्छ।
निस्पक्ष भएर स्वतन्त्र रुपमा विवादको समाधान गर्न प्रयत्न गरिएन भने द्वन्द्वरत पक्ष मात्रै हैन सिंगो संस्था नै बदनाम हुन पुग्छ। मेरो यो आलेखको आशय विवादमुक्त संस्थाको स्वैर कल्पना हुँदै हैन। तर विवादहरुको समाधान कति विवेकसम्मत ढंगबाट खोजिन्छ ?, नेतृत्वको क्षमता र नियत यसैमा प्रष्ट झल्किन्छ।
“पद्दती मिचिएकोलाई करेक्शन गरौं र भविष्यमा त्यस्तो हुन नदिन पद्दती निर्माण गरौं भनी बिन्ती गर्दा सुनवाई नहुनु दुखद पक्ष हो।”
तर हाम्रो न्याक दोस्रो अधिबेशमा आईपुग्दै गर्दा परिबेशमा बदलाब आयो। विधी र प्रकृयालाई सम्मानपुर्वक लागु गर्नुको सट्टा साना साना झुण्डमा खण्डित गराएर अनावश्यक र अस्वस्थ्य ढंगका प्रतिषपर्धा र व्यबहारहरु देखा पर्न थाले। दुर्भाग्यबश- पहिलो निर्वाचन कमिटी र त्यसको कार्यशैली पुरै बिबादको घेराभित्र फस्न पुग्यो। विधी र प्रकृया अनि निर्वाचनका आधारभुत मुल्य मान्यतालाई तिलान्जली दिदै रातारात आफ्नो झुण्डलाई बलियो बनाउन केही मित्रहरुबाट निर्वाचन समितिका प्रकृयालाई पुरै वेवास्ता गर्दै र प्रभावित पार्दै विधीसम्मत हैन बरु बिबादास्पद ढंगबाट टिम चयन भएको घोषणा गर्न पुगे। सहमतीका नाममा साना समुहगत कोठे र फोने बैठकहरुको प्रभावले निर्वाचनको वा सहमती निर्माणको मुल प्रकृयाले बाटो बिरायो। परिणामत विवादले चरम रुप हासिल गर्न पुग्यो।
समस्या त्यतिखेर झन थपियो जब कुरा यतिमै मात्र सिमित भईदिएन। पद्दती मिचेर चोरबाटोबाट टिममा प्रबेश गरेका केही साथीहरुको मनोदशाले महाधिवेशन सकिएको केही घन्टाहरु पछी ठुलो अपरिपक्वता, अहम् र दम्भ प्रदर्शन गर्न शुरु भयो। सहमती गराउन सहजीकरण गरिदिएर पछी हटिदिएका साथीहरुलाई त्यस्तो ‘दम्भ’ पचेन। पहिले सहमती निर्माणका नाममा साथीहरुलाई प्रतिस्पर्धाबाट बाहिर गईदिन अनुनय विनयको भुमिका खेलियो। तर पछी टिम बनिसकेपछी हाम्रो बहुमत छ हामीले जे भन्यौं त्यही लागु हुनपर्छ भन्ने केपी ओली प्रबृतीको दम्भ देखा पर्न थाल्यो। सहमतीको जगमा बनेको कमिटीमा कहिल्यै बहुमत र अल्पमत भनेर दम्भपुर्ण ढंगबाट निर्णय गर्न सम्भव हुन्न।
यसै सिलसिलामा प्रकृया मिचिएको प्रमाण सहित आफु अन्यायमा परेको भन्दै एक भद्र मित्रले दिएको निवेदन उपर हाम्रो NACCले चित्त बुझ्दो समाधान खोज्न ईमान्दारीपुर्वक प्रयास गर्न नसकेको गुनासो बढ्दै गयो। समाधान खोज्दैगर्दा निस्पक्षताका साथ करेक्शनको लागि आधार बनाउन खोजिएन बरु वेवास्ता गर्न खोजियो। निर्णायक तहको जिम्मेवारीमा रहेका पदाधिकारी मित्रहरुले कुनै पक्ष वा आग्रह वा पुर्वाग्रह केही नराखी स्वतन्त्र र निडर भई निर्णय लिन सक्नु पर्दछ। तर त्यस्तो देखिएन। जस्ले गर्दा आज न्याक टिम सकारात्मक भन्दा नकारात्मक र ओहियात बिबादहरुको दुष्चक्रमा फस्न सक्ने भय तर्फ उन्मुख हुँदै गईरहेको छ।
यस्तो प्रकृया र पद्दती मिचेर नचाहिने कृत्य भए गराईएको खबर र बिबादले चरम रुप लिईसकेको अवस्था थाहा पाएपछी यस संस्थाको सुदुरसम्म उज्जवल भविष्यको परिकल्पना गर्ने सादगी समक्ष विविध गुनासाका आवाजहरु आईरहेका थिए। सरसर्ती हेर्छु, सुन्छु- प्रकृया मिचेर प्रबेश गरेका साथीहरुमा बिनम्रता र सहनशिलता ठ्याम्मै नरहेको आभाष हुन्छ।
जब आफुले माया, प्रेम र सम्मान पुर्वक समय दिएर हुर्काउन भुमिका खेलेको संस्थाले आफ्नो शक्ती र समय समुदायको बृहत्तर हितमा काम गर्न लगाउनु पर्नेमा सानातिना बिबादलाई सही समाधान दिन नसकेर चर्को भुमरीमा फस्दै जान्छ तब सादगीलाई अस्वभाविक लाग्न थाल्छ। हामी नेपालीहरु बीर छौं, विवेकी छौं तर विवादहरुको समाधानमा किन बुद्धु बन्न खोजिरहेका छौं? यो हाम्रो नेपाली जात र प्राणीमा यो ईगो, र दम्भ कति घातक ढंगबाट जरा गाडेर बसेको छ ?! अनि बिबादलाई निस्पक्ष समाधान खोज्ने भुमिकामा रहेका मानिसहरु किन त्यसरी निस्पक्ष बन्न सक्दैनन्? यो सबै देख्दा सुन्दा पनि अनौठो महसुस हुन्छ।
यसै प्रसंगमा केही हप्ता अगाडी सादगीसम़क्ष सत्य र न्यायको लागि केही त आवाज बोल्नु पर्यो भन्ने कुरा आयो। र, सादगीले NACCको कार्य समिती र बोर्ड अफ ट्रष्टीको आधिकारिक अफिसियल ईमेलमा ९/१० दिन अघी एउटा अनुरोधमुलक बिन्ती पत्र लेखेर ईमेल गर्यो। आज म त्यही पत्रलाई तपाईहरु सम्पुर्ण सदस्यहरु समक्ष राख्न अनुमती चाहान्छु।
जिम्मेवार पदाधिकारीहरुबाट समयमै समस्याको सम्बोधन भएन भने आम सदस्यहरुमा अन्यौलता थपिन सक्छ। यदी मैले यस बिषयलाई आम सदस्यहरुसमक्ष प्रस्तुत गरिन भने उहाँहरु प्रति पनि अन्याय हुनेछ भन्ने लाग्छ।
निस्पक्ष भएर स्वतन्त्र रुपमा विवादको समाधान गर्न प्रयत्न गरिएन भने द्वन्द्वरत पक्ष मात्रै हैन सिंगो संस्था नै बदनाम हुन पुग्छ। मेरो आशय विवादमुक्त संस्थाको स्वैर कल्पना हुँदै हैन। तर विवादहरुको समाधान कति विवेकसम्मत ढंगबाट खोजिन्छ ?, नेतृत्वको क्षमता र नियत यसैमा प्रष्ट झल्किन्छ।
“पद्दती मिचिएकोलाई करेक्शन गरौं र भविष्यमा त्यस्तो हुन नदिन पद्दती निर्माण गरौं भनी बिन्ती गर्दा सुनवाई नहुनु दुखद पक्ष हो। त्यसैले गर्दा आज EC र BOT समक्ष प्रस्तुत मेरो बिन्ती पत्रलाई ई-नेप्लिज मार्फत NACC का सम्पुर्ण आदरणीय सदस्यहरु समक्ष पुर्याउने प्रयत्न गर्दैछु।
यस आलेखको मुल आशय ‘क्रिष्टल क्लियर’ छ। हामी धेरै मानिसले बडो दुख मिहेनत गरेर यहाँसम्म ल्याईपुर्याएको हाम्रो NACC दुईचार जनाको ‘पद, पैसा, ईगो र एट्टीच्युड’को टकराबका कारण कुनै पनि हालतमा भिक्टिम बन्न दिईनुहुन्न।
संस्था सुदृढ ढंगबाट चल्न त्यसको संरचना चुस्त हुन पर्छ। संस्था सन्चालनका विधी बिधानहरु कुनै व्यक्तीको लहडमा जथाभावी परिवर्तन गर्नु गराईनु हुन्न। सुझबुझ बिना नेपालका नेतालाई ब्यवस्थापन गरेजस्तै गरी अनाबश्यक संरचनाहरु खडा गर्दै गराउँदै जानु पनि उचित हुन्न। कार्य समिति मुख्य कार्यकारी हो र रहनु पर्छ। अरु सबै कमिटीहरु ‘पोलिसी फिडब्याक टिम’का रुपमा मात्रै रहनु पर्दछ। एउटा कार्यकारी टिम भैसकेपछी बाँकी सेरेमोनियल संरचनालाई अनाबश्यक अधिकार दिईनु हुन्न।
आखिर सामाजिक संस्थामा रहेका हरेक सदस्यको हैसियत एक मत हो। कोही कसैले बढी धनराषी अनुदान दिएकै भरमा बढी शक्तीसाली हुने वा मुख्य निर्णायक हुने कुरा सामाजिक संस्थामा पच्दैन। र त्यस्तो हुनै सक्दैन। न्याक कुनै बिजनेश कम्पनी हैन।
त्यसैले, सम्पुर्ण सदस्यहरु- सोचौं! अब उप्रान्त हुने NACC का हरेक मिटिंगलाई हरेक सदस्यले चाहेमा प्रत्यक्ष हेर्न र सुन्न सक्ने गरी पुर्ण पहुँच स्थापित गराऔं। र, बैठकका निर्णयहरु २४ घन्टा भित्र हरेक सदस्यका ईमेलमा पुग्न सक्ने पद्दती निर्माण गर्न गराउन दबाब दिऔं। अनि, यस्ता खाले प्रकृया मिचेर हुने गतिबिधी र तिगडमहरु पारदर्शी पद्दती बसालेपछी आफै परास्त भएर जानेछन्।
सामाजिक संस्थाको नेतृत्वमा रहन चाहनेहरुमा अनाबश्यक ईगो हुनुहुन्न। त्यस्तो ईगो वा घमण्डले व्यक्तीलाई मात्रै हैन सिंगो संस्थालाई घात गर्न सक्छ। ईगोको पोको बोकेर सामाजिक नेतृत्वमा पुगेका मनुवाहरुका कृत्यका कारण संस्था भित्र विवाद र समस्या चर्किदै जानु हुन्न। बरु त्यस्ता बिबादित पात्र/मित्रहरु नेतृत्वबाट बाहिरिएर समस्या समाधान गर्न सकिन्छ भने त्यो गर्न पर्छ । यसो गर्नु राम्रो त हैन तर अन्तिम विकल्प अबश्य हुन सक्छ।
सत्य, न्याय, शान्ति, र शुसासनका पक्षमा सधै निडर र निस्पक्ष एवं दत्तचित्त एक साधारण मानिस हुँ म। यो सादगीलाई पद र पैसाले कहिल्यै आकर्षित गर्न सक्दैन। म न कसैको धम्की या कुनै प्रलोभनमा पर्न सक्छु। मलाई सत्यको पक्षमा उभिंदा कोही रिसाउनुहोला भन्ने डर पनि लाग्दैन।
त्यसैले करिब १० दिन अघी EC र BoT समक्ष प्रस्तुत गरेको बिन्ती अनुरोध पत्र’ अब जस्ताको तस्तै ईनेप्लिजमा आएको छ । कृपया पढिदिनुहुन र मनन गरिदिनुहुन अनुरोध गर्दछु।
“NACC को EC, BoT, निर्वाचन समिती, र एडभाईजर्सहरुमा सादगीको एउटा साधारण बिन्ती/अनुरोध पत्र मार्फत NACC सम्पुर्ण सकृय सदस्यहरुमा केही गम्भिर सुझाव र ध्यानाकर्षण टक्र्याउन चाहन्छु।
पृष्ठभुमी
हाम्रो NACC पहिलो अधिबेशन नसकिउन्जेल सम्म अमेरिकाकै नेपाली समुदायको लागि एउटा उम्दा उदाहरण बनेको थियो। आशा थियो, उमंग थियो। हाम्रो समुदायमा एक उदाहरणीय एकताको बलियो जग बन्दै गैरहेको थियो।
र, NACC लाई त्यो उचाई पुर्याउँदै उदाहरणीय सफलता हात पार्न सक्ने अवस्था बनाउन बर्षौ र महिनौ अहोरात्र निस्वार्थ खट्ने केही सामाजिक अगुवा मित्रहरुको नाम लिईएन भने यो सफलताको गौरवशाली यात्रा र परिणामबाट सिकाई गर्ने कर्म अधुरो हुन जानेछ।
अनि हाम्रो समुदायको त्यो सफलताको कडी थियो- ‘म’ हैन ‘हामी’ भावनाको व्यबहारिक प्रयोग। अनि मैले प्रतिनिधित्व गर्ने संस्था मात्रै हैन, हाम्रा सबै संघसंस्थाहरुको साझा लक्ष्य बनाउन बढो सावधानीपुर्वक गरिएको अथक मिहेनत।
धेरै बर्षदेखी तिन चारवटा स्थानीय संघसंस्थाले सामुदायिक केन्द्र निर्माणको लक्ष्य लिएर पहल र प्रयास गरिरहेकै थिए। तर थिए त फगत आफ्नै संस्थाको मात्रै लिडरसिप र अगुवाई खोज्ने ती पहलहरुमा कहिल्यै समुदायको सबै तह तप्का र समुहको साझा अपनत्व र अभिभावकत्व भेटिएको थिएन। प्रयासहरु चलिरहन्थे, तर ती सबै बर्खे खोला जस्ता साबित भैरहेका थिए।
अमेरिका नेपाल सहयोगी समाज मनासस्, डिसी नेपाली समाज सेन्टरभील, NRNA भर्जिनिया च्याप्टर, आदर्श नेपाली समाज, ए.एन.एस, ए.एन.ए. लगायतका सबै संघ संस्थाहरुबाट बिभिन्न समयमा पहलहरु भैरहेकै थिए। तर ति पहलहरुले बृहद् जन समर्थन पाउन नसकेर ‘कता जिली कता गाँठी?’ भएर अलमल्लीरहेको अवस्था थियो। कहिँ संस्थागत अभिमान त कहीं क्रेडिट लिने अस्वस्थ्य प्रतिस्पर्धा! कतै जुंगाको लडाईं त कतै क्षेत्रीय स्वार्थको द्वन्द्व!
जिम्मेवार पदाधिकारीहरुबाट समयमै समस्याको सम्बोधन भएन भने आम सदस्यहरुमा अन्यौलता थपिन सक्छ। यदी यसबिषयलाई आम सदस्यहरुसमक्ष प्रस्तुत गरिन भने उहाँहरु प्रति पनि अन्याय हुनेछ भन्ने लाग्छ।
हो- यही अवस्थालाई चिर्न भैरहेका पहलहरुमा हामी केही साथीहरुले हैंस्टेमा होस्टे गरिरह्यौं। यसै क्रममा हाम्रो नेपाली समाजमा निक्कै गहिरोसंग गडेर रहेको ‘भगवान खुशी पार्न पुराण लगाउने प्रबृत्ती’का माध्यमबाट सामाजिक एकताका साथमा रिसोर्स जुटाउन सकिन्छ भनेर पहल गर्न प्रेरित गरिरहने राजेन्द्र खनाल गुरुले अरुण रुपाखेती र ददीराम ढुंगाना जीसमक्ष राखेको प्रस्तावले बिस्तारै सही ढंगबाट अघी बढ्ने मौका पायो।
अंकुरित बीजलाई निरन्तरता दिन होसियारीपुर्वक ब्याड सम्याउनु थियो। यसका लागि ददीजीको सकृय अगुवाई र संयोजनमा हामी केही साथीहरु ९/१० महिनादेखि पहल गरिरहेका थियौं। यस पहल कदमीमा गोपाल रेग्मी, प्रेम संग्रौला, सुमन तिमिल्सिना, डा. मदन उप्रेती लगायतका अरु पनि केही अगुवा साथीहरुले निरन्तर परामर्षसहित हौसलासाथ अभियान अगाडी बढाउन लागिरहनु भयो।
त्यसवेला न्याकको परिकल्पनामा धेरै छलफल बहस र पहलहरु चलिरहे। परिमाण राम्रो आयो। पुराण पनि भब्य र सभ्य ढंगबाट सफल भयो। नेपाली डायस्पोराको समग्र समाजमा नयाँ मोडेल र मानक स्थापित भयो। सही समयमा सही निर्णयहरु हुँदै गएका थिए। तर… पहिलो अधिबेशनमा केही ‘स्वार्थहरुको टकराब’को अवस्थाले झण्डै झण्डै अनिर्णयको बन्दी बन्न पुगेको अवस्थाबाट न्याक बाल बाल बच्यो।
सामुहिक भावनाको प्रधानता नै सामुहिक नेतृत्व अवधारणाको पहिलो कसी हो। त्यसैले पहिलो अधिबेशनमा चुनावका लागि उठेका आवाजहरुलाई बढो होसियारीपुर्वक जतनका साथ सम्हालेर सम्झाई बुझाईकन सामुहिक नेतृत्वमा रहिरहन यो पंक्तीकारले पनि निक्कै पहल कदमी गरेको कुरा म यहाँ निर स्मरण गरिरहेको छु।
सामुहिक नेतृत्व प्रणालीमा व्यबस्थापकीय केही जटिलता रहे होलान्, तर त्यसको सबल पक्ष थियो कि हामी सबै नेतृत्वमा रहेका वा नरहेकाहरुले पनि यसलाई नेतृत्वको अपनत्व ग्रहण गरेका थियौं। जसको बलमा यो संस्थाले केही उदाहरणीय कार्य सम्पादन गर्न सफल समेत भएको थियो।
समस्या:
दोस्रो अधिवेशनको पुर्व सन्ध्यामा नेतृत्व हत्याउन विभिन्न गुटतन्त्रपुर्ण स्वार्थहरुको अस्वस्थ्य टकारबपुर्ण अवस्था बन्यो। कोठे र फोने बैठकहरुले संस्थाको भविस्यलाई खराब दिसातर्फ धकेल्दै थियो। यसले संस्थाको सुदुर भविष्यमा नराम्रो संकेत गरिरहेको थियो। नेपाली डायस्पोराको सबैभन्दा ठुलो समस्या भनेकै यता अमेरिका बसेर उता नेपाल तिरकै प्रबृत्ती सहितको बिकृत र असफल अभ्यासहरुलाई यहाँ लाद्न खोज्नु एक हो।
जब एकपटक बिधी र प्रकृया तय भैसकेपछी त्यसलाई पुर्णत पालना नगर्न र नगराउन हुने तथाकथित कोठे र फोने तिगडमहरुले चलखेल गर्दैजाँदा निर्वाचन प्रणाली र प्रकृयामा यति भयानक छिद्र परेछ कि स्वार्थ समुहले आफुलाई निर्बस्त्र हुनेगरी प्रकृया पुरा नगर्न र सानो झुण्डको समुहगत स्वार्थको रक्षा गर्न पुगेको रहेछ। र, त्यस्तो कृत्यमा केही साथीहरु भिक्टिम (पिडित) हुनुभएको रहेछ।
हिजोका दिनमा संस्थाको पाण प्रतिष्ठा गर्ने समुह र व्यक्तीहरुलाई किनारा वा पाखा लगाउन बिभिन्न कोठे रुपमा स्वार्थी समुहहरु सक्रिय हुन पुगेका रहेछन्। परिणाम स्वरुप दोस्रो अधिबेशन झण्डै झण्डै ठुलै दुर्घटना उन्मुख बन्दै गएको रहेछ। जसो तसो कसो कसो निस्वार्थ संस्थाको हित चाहने साथीहरुको निरन्तरको प्रयास पछी मुश्किलले द्वन्द्वबाट बच्न पुगेको रहेछ।
यध्यपी संस्थाको यो पहिलो निर्वाचन कमिटी र त्यसको निर्णय प्रकृया पुर्णत बिबादमुक्त हुन सकेन नै । सहमती निर्माणका क्रममा केही साथीहरुले आफ्नो समुहको बर्चश्व कायम गर्न गराउन केही प्रकृयागत त्रुटी, कमी कमजोरी, गल्ती भए/गराईए। यदि त्यस्तो त्रुटी नियतबश नगराईएको भए त्रुटीहरुलाई सच्याउन त्रुटीकर्ता व्यक्तीहरुलाई कुनै समस्या नहुन पर्ने हो। तर नियतबश डिजायन गरेर गराईएको त्यस्तो त्रुटीकर्ता समुह उल्टै संस्थामा सौहार्दपुर्ण बातावरण बिथोल्न बिभिन्न बाहानाबाजीमा लागिरहे। परिणाम स्वरुप निर्वाचनको लगत्तै तथानाम कृतीम कथाहरु बुनेर लान्छनाको शिखर चड्ने कोशिस गरियो/गराईयो।
यसै क्रममा त्रुटी सच्याउन र त्रुटीका डिजायन कर्ताहरुले क्षमा माग्न माग गर्दै निवेदन दिने अगुवा मित्रलाई आजकल समितिबाट एक प्रकारले वेवास्ता गर्न थालिएको गुनासो आईरहेको छ।
जसरी पद र पैसा क्षणिक हुन्- त्यसरी नै अहंकार, ईगो र घमण्ड व्यक्तीको जिवनमा मात्रै हैन परिवार र सामाजिक जिवनमा पनि निक्कै घातक ‘स्लो पोईजन’को जस्तै काम गरिरहेको हुन्छ भन्ने तथ्यलाई बुझेर मात्रै हुन्न, त्यसलाई ब्यबहारमा पनि उतार्न सक्नु पर्दछ।
निर्वाचन प्रकृयालाई तोड मरोड गराएर व्यक्ती र समुहले खेलेको तिगडमबाट उत्पन्न खराब अवस्था र नतिजाका कारण समुदायको हारमोनीमा असर पर्न दिनुहुन्न भन्ने अटल मान्यताका साथ म यो गुनासोहरुको सुनवाई गर्न गराउन आफ्नो अनुभवमुलक लेखकीय मार्फत हालको सम्पुर्ण टिमलाई हार्दिक अनुरोध गर्न चाहान्छु।
समाधानको उपाय:
आउनुहोस्- सकिन्छ भने कि त सामुहिक रुपमा सहमत भएर निर्वाचनका क्रममा भएका त्रुटीहरु जो नजानेर थिएनन् नियतबस भएका थिए, तिनलाई सच्याऔं। कि त गल्ती गर्ने, गराईने व्यक्ती र टिम समुहबाट सामुहिक गल्ती भएको स्वीकार गरेर सार्वजनिक रुपमा क्षमायाचना गरौं।
यदि ती गल्ती त्रुटीहरु नियतबस् गरिएका थिएनन् भने त्यसलाई स्विकारेर क्षमा याचना माग्दा कोही सानो हुँदैन। कसैको सकारात्मक ‘ईगो’मर्दैन। नकारात्मक ईगो खराब तत्व हो जस्लाई सकेसम्म चाँडै सिद्याउनु पर्छ। त्यो गल्तीलाई समयमै सच्याईएन वा बिधी प्रकृया मिचिएको अवस्थाबाट उत्पन्न खराब अवस्थाको झिल्कोलाई समयमै निभाईएन भने समुदायमा शान्ति, चैन र प्रगति अनि हारमोनी र एकता खलबलिन पुग्छ।
यस निर्वाचन प्रकृयालाई गिजोलेर नियतबश गल्ती गर्ने र गराउने ती सबै साथीहरुले- छातीमा हात राखेर आफैलाई सोध्नुहोस्। समुदायमा बदनाम हुने डरले केही समय डाक्न, लुकाउन वा अस्विकार गर्न खोज्नु होला तर त्यसले तपाई र तपाईको सम्पुर्ण समुह मार्फत अन्त्यमा संस्थालाई नै ठुलो हानी पुर्याउँदै गैरहेको छ। ‘जो चोर उस्कै ठुलो स्वर’ भनेझै आफै गल्ती पनि गर्ने र आफै मिलेर काम गर्न छाडेर बिभिन्न बखेडा झिकेर संस्थाको भविष्यमा खतरापुर्ण कृत्य गर्ने काम कसैबाट नहोस् र हुन गराउन खोजेको अवस्थामा त्यस्लाई निरुत्साहित गर्न सकियोस्।
भनिन्छ नि ‘बिराम’को बेलैमा उपचार नगरे ज्यानै जान सक्छ। ठीक त्यसै गरी यो समस्यालाई बेलैमा समाधान नगरेमा संस्थालाई अकल्पनीय दुर्घटनातर्फ डोहोर्याउन सक्ने खतरा बढेर गएको छ।
त्यसैले, जायज गुनासो लिएर सोधिएका प्रश्नहरु र गरिएका अनुरोधहरुलाई नेतृत्वले समाधान तर्फ लैजान यथाशिघ्र पहल गरोस्। डा. मदन, र मित्र डा. लेखनाथजी, तपाईहरु जस्तो स्मार्ट मान्छेले यसलाई निर्वार्थ, निस्पक्ष र निडर भएर समाधान खोज्न सक्नु पर्दछ। तपाईहरुले कुनै पनि गुट वा समुहको नजिक वा टाढा हुन पर्दैन। कुनै पनि गुट समुहको वास्ता नगरी उचित निर्णयमा पुग्न पहल कदमी गरिहाल्नुहोस् भन्ने अनुरोध गर्न चाहान्छु।
अन्यथा- समयमै रेशनल समाधान नखोजेर समस्या बल्झदै गएमा संस्थालाई ठुलो क्षती हुन सक्ने सम्भावना देखिरहेको छु। सहमती निर्माणका लागि वा त्यस बखत भए गरिएका कृत्यका कारण बिधी र प्रकृया मिचिएको छ र कोही अन्यायमा परेको ठान्ने साथीहरुले आफ्नो जायज माग पुरा गर्न गरेको अनुरोधलाई निस्पक्ष भएर सुन्नहोस्। नभएमा कानुनी उपचारका लागि अदालत पुग्ने अवस्था आउन सक्छ। तपाईहरु सतर्क र सजग अनि बेलैमा सकृय र निडर भई चाडै समाधानका लागि निर्णयमा पुग्नुहोस्।
कृपया- छिट्टै तपाई दुई फरक बिधाका डा.हरुको पहलमा समस्या समाधान गर्न र संस्थामा भविष्यमा आउन सक्ने यस्तो प्रबृती र द्वन्द्वलाई निरुत्साहित गर्न सफल हुनुहोस्।
यदी तपाईहरु सक्नुहुन्न भने पुर्णत थर्ड पार्टीको एउटा द्वन्द्व ब्यवस्थापन कमिटी बनाएर भए पनि काम गर्न थाल्नुहोस्।
भवदीय
कृष्ण सादगी,
संस्थापक आजिवन सदस्य
प्रतिक्रिया