मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०५:३०
वासिङटन डिसी 19:45

वाडुल्कीः छोटो कविता

मित्र ‘उराठी’ गौतम २०७८ भदौ ३१ गते २२:४४ मा प्रकाशित

सुदुर क्षितीजबाट
तिमी नबोले पनि
तिमीले पत्र नलेखे पनि
तिम्रो मनमा
झङकृत हुने तरङ्गहरु
यहाँ
मेरो मुटुले
अनुभूत गरिरहेको छ
र त
कुटुक्क वाडुल्की लाग्छ ।

-अमरपुर -गुल्मी हालः बुटवल

प्रतिक्रिया