यो ब्रह्माण्ड भरिभराउ छ, परिपूर्ण छ I जे खोज्यो त्यहि उपलब्ध छ I जस्तो बन्न चाह्यो त्यस्तै बन्न सकिन्छ I हामी मानव यस ब्रह्माण्डमा पूर्ण र समृद्ध बन्न आएका छौँ I हामी भित्र अप्रकट रुपमा त्यो क्षमता छ I त्यसलाई सहि मार्ग निर्देशन, सत्संग, साधना आदिको माध्यमद्वारा प्रकट रुपमा ल्याउन सकिन्छ, जसको प्राप्ती पछि मानव समृद्ध बन्न सक्तछ I के हो त वास्तविक समृद्धि अनि समृद्धि संवाद?
यो ब्रह्माण्ड मनको फैलावट हो । एउटा मूल विचारको प्रकट रुप हो । हामी पूराणका कथाहरू सुन्न र पढ्न पाउँछौँ, प्रारम्भमा एक परमात्मा थियो । परमात्मालाई आफ्नो इच्छा पूरा गर्न ब्रह्माण्डको आवश्यकता पर्यो, अनि त्यही इच्छाको प्रतिफल स्वरुप यो ब्रह्माण्ड अहिले पनि बढिरहेको छ । इच्छाले फैलाउँदै लान्छ भने आवश्यकता सिमित हुन्छ । विज्ञानले पनि ब्रह्माण्ड निरन्तर बढिरहेको तथ्यलाई स्विकार गर्दछ । आवश्यकता र इच्छाको संयुक्त रुप सपना व्यवस्थापनबाट समृद्धि संवाद प्रारम्भ हुन्छ । ब्रह्माण्डको रहस्यसँग साक्षात्कार गरिसक्नुभएका जीवन विज्ञान प्रतिष्ठानका जीवन विकास विशेषज्ञ श्रद्धेय सद्गुरुदेवद्वयले तयार पार्नुभएको यो समृद्धि संवाद चौतर्फी समृद्धि र पूर्णतामा आधारित छ । अहिले सम्म समृद्धिको परिभाषा यसरी व्याख्या गरिएको थिएन । आफ्नो जीवन उर्जालाई हेरेर म के गर्न सक्छु भन्ने पत्ता लगाई त्यहि अनुरुप आफ्नो कार्य गर्न प्रेरित गर्नु यसको मूल लक्ष्य हो । रोजाई अनुरूपको कार्य गर्दा व्यक्तिले आफूभित्रको सिर्जनशिलतालाई अभिव्यक्त गर्न सक्तछ । निरन्तर आफ्नो सिर्जनामा रमेर कार्य गर्दा व्यक्ति सिद्ध बन्दछ । व्यक्तिको मूल स्वभावलाई समृद्धि संवादले प्राथमिकतामा राखेको छ । ब्रह्माण्डमा भएको मूल विचार प्रत्येक व्यक्तिभित्र प्रतिष्ठित छ । त्यो मूल विचारसम्म हामी सद्गुरूदेवसंगको सत्संग र प्रयोग पश्चात पुग्न सक्दछौं । त्यहि मूल विचारसंग आफ्नो इच्छालाई रोजेर निरन्तर कार्य गर्दै जानु समृद्धि जन्माउनु हो ।
आफ्नो नाम रहोस्, कालान्तरसम्म आफू अमर बनुं भन्ने इच्छा प्रत्येक व्यक्तिमा हुन्छ । इन्द्रिय सुख, सक्दिन कि भन्ने डर, धैर्यताको अभाव, अहंकार आदिको प्रभावमा परेर हामी आफ्नो इच्छा भुल्छौं । पूर्ण रूपमा पुरानो मन नमरीकन नयाँ मन जन्माउन सकिंदैन । नयाँ मन नभई आफ्नो इच्छाको पहिचान गर्न सकिँदैन । त्यसैले त हामीलाई सद्गुरुदेवको सनिध्य चाहिन्छ । निरन्तर वर्तमानमा स्थित सद्गुरुदेवसंगको सत्सङ्ग पश्चात हामी मनलाई रूपान्तरण गरेर नयाँ मन बनाउन सक्दछौं । आफूभित्र नेतृत्व क्षमता जन्माउन सक्दछौं । डर, चिन्ता, तनाव आदिबाट मुक्त भएपछि मात्र नयाँ मनसहित हामी अगाडी बढ्न सक्दछौं । समृद्धि संवाद चौतर्फी समृद्धिमा आधारित छ I स्वस्थ शरीर, शान्त मन, उमङ्गले भरिएको जीवन तथा परिस्कृत चेतना जीवनका चार आयामहरुलाई समेटेर समयसापेक्ष तयार परिएको छ I जसले गर्दा मानिस अनुशासित, इमान्दार, धैर्यता, प्रेम, साहस आदि गुणहरुले भरिन जान्छ I जव साहस जन्मिन्छ, नेतृत्व क्षमता स्वतः जन्मिन्छ I सबैको जिम्मेवारी लिंदै मानिस जस्तो सुकै अवरोधलाई पार गर्न सक्षम हुन्छ I निर्धक्क आफ्नो ज्ञान र सिपलाई आफ्नो रोजाईसंग मिलाएर सर्वकल्याणको कार्यमा अग्रसर बन्छ I प्रेम, करुणा, सेवा, समर्पण, स्वीकार भाव, धन्यवाद भाव आदि व्यक्तिभित्र बनाइ राख्न सद्गुरुदेवद्वयले हामीलाई त्यहि अनुरुपका अध्यात्म मनोविज्ञान, व्यवस्थापनका सुत्रहरु प्रयोग गराउंदै लैजानुहुन्छ I जव व्यक्ति सबैबाट मुक्त बन्छ, तव अरुलाई पनि त्यहि मार्गमा हिडाउँछ I लोभ, शोक, भय, क्रोध, इर्ष्या आदि विजातीय तत्वहरु विस्तारै हट्दै जान्छन् I
समृद्धि संवादले समाजलाई यज्ञस्थल मान्छ I किनकि व्यक्ति जव जन्मिन्छ उसका सम्पूर्ण आवश्यकताहरु समाजबाट पुरा हुन्छन् र उसको आफ्नो क्षमता पनि यहि समाजमा प्रकट हुन्छ I समाजका प्रत्येक कृत्यले व्यक्तिलाई प्रभाव पारेको हुन्छ भने व्यक्तिको क्रियाकलापले पनि समाजलाई प्रभाव पारेको हुन्छ I त्यसैले समृद्धि संवादपछि व्यक्तिले समाजको महत्व अझै स्पष्ट बुझ्छ I उ निरन्तर समाजको हितको निमित्त कार्य गर्न थाल्दछ I यो ब्रह्माण्डमा भएका प्रत्येक वस्तु अद्वितीय छन् भन्ने जानेपछि त्यसलाई विगार्न भन्दा पनि सुधार्नतिर व्यक्ति अग्रसर बन्छ I नयाँ सोच, नयाँ विचार, नयाँपन सबैलाई मनपर्छ I जसले नँया सृजना गर्छ उसलाई सबैले साथ दिन्छन् I तसर्थ उसले सम्पूर्ण ब्रह्माण्डको पूँजीलाई प्रयोग गर्ने क्षमता राख्दछ I चौतर्फी समृद्धिमा गएको व्यक्ति आकर्षणको केन्द्र बन्छ I उसका प्रत्येक कार्य सर्वहिताय र चेतना स्तरलाई उठाउने किसिमको हुने हुँदा व्यक्ति फैलदै जान्छ, समृद्धिसंगै पूर्णतामा उपलब्ध हुन्छ I
भगवानका तस्विरहरुले हामीलाई धन कमाउनु पुण्यको कर्म हो भनेर सिकाउँछन् वस् हामीले त्यो धनलाई कसरी प्रयोग गर्दछौं त्यसमा भर पर्दछ I हामी भगवानलाई दिनेवाला सदासर्वदा १६ वर्षको रुप, पवित्रता निर्मलता आदि गुणले सुसर्जित ठूलो आभामण्डल र गरगहनाले पूर्ण स्वरुपको तस्विरहरुमा देख्छौँ I जीवन विज्ञानको समृद्धिसंवादले यहि गोप्य रहस्यलाई खोतलेर हामीलाई त्यहिँ पुर्याउन खोजेको हो I सबैबाट मुक्त बनाएर पूर्ण होशमा स्थित गराउन खोजेको हो, आफूभित्रको सुख, शान्ति, आनन्दलाई उजागर गर्दै आफ्नो स्वकेन्द्रमा प्रतिष्ठित गराउने लक्ष्य हो I दिनुमा जति आनन्द छ, लिनुमा छैन त्यसैले निरन्तर सेवा, प्रेम, दान आदिमा आफ्नो समय लगानी गर्नुपर्दछ I आफ्नो स्वकेन्द्रमा स्थित भइसकेपछि आफुमा जे छ त्यहि तत्व अरुमा पनि छ भन्ने व्यक्तिले बुझ्छ, फलस्वरूप समतामुलक समाज बन्न जान्छ I कर्म पुजा भन्ने भावको विकास पश्चात मानिसमा लोभ, आलस्यता, इर्ष्या, बैमनस्यता आदिको अन्त्य हुन्छ I व्यक्तिले कर्ममा आफ्नो पुरापुरा उर्जाको लगानी पश्चात योगस्थ र समृद्ध दुवै बन्छ I
अन्त्यमा समृद्ध मानवले नै परमात्मलाई प्राप्त गर्न सक्तछ, पूर्णतामा उपलब्ध हुन सक्दछI आफ्नो पुरा पुरा क्षमता देखाउन सक्तछ I जीवन विज्ञानले तयार पारेको समृद्धि संवाद अत्यन्तै उत्कृष्ट, समष्टिमा आधारित ब्रह्माण्डको मूलविचारसंग जोडिएको छ I त्यसैले सबैले आफ्नो जीवनमा सद्गुरुदेवको सानिध्यमा समृद्धि संवाद गर्ने सुअवसर प्राप्त गरुन् I नयाँ जीवनको अनुभूति गर्न पाउन् I धन्यवाद!
प्रतिक्रिया