अब,विदेशबाट एभरेष्ट रेमिट मार्फत पठाइएको पैसा खल्ती बाट सजिलै प्राप्त गर्न सकिने

इनेप्लिज २०७८ भदौ २८ गते १०:३६ मा प्रकाशित

 विगत ४ वर्ष भन्दा बढि समयदेखि निरन्तर रुपमा डिजिटल भुक्तानी सम्बन्धि सेवा प्रदान गर्दै आईरहेको खल्ती वालेटले विदेश बाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्ती बाट सजिलै प्राप्त गर्न सकिने आकर्षक सुविधा संचालनमा ल्याएको छ।

यो सेवा कार्यान्वयनमा आए संगै अव ग्राहकहरुले रेमिट्यान्स सेवा घरमै प्राप्त गर्न सक्ने भएका छन्। साथै प्राप्त भएको रकम पुन खल्ती बाट तुरुन्त आफ्नो बैंक खातामा ट्रान्सफर गर्न वा खल्ती को रेमिट्यान्स सेवा मार्फत नेपालको जुनसुकै ठाउँमा पठाउन सक्नेछन्।

खल्ती बाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्छ। त्यसै गरी नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्नेछन्।

उक्त सम्झौता सम्बन्धि खल्ती डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख, श्री सौरभ राज पाण्डेले भन्नुभयो,

हामीले ग्राहकहरुलाई घरमै रेमिट्यान्स सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा एभरेष्ट रेमिट संगको सहकार्यमा संचालनमा ल्याएका हौँ। हामी आशावादी छौँ कि यो सुविधाले ग्राहकहरुको समय पैसा बचत गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। साथै हाम्रो डिजिटल नेपालको अभियानमा थप टेवा पुग्नेछ

 

विदेश बाट एभरेष्ट रेमिट मा पठाएको पैसा खल्ती बाट प्राप्त गर्न 

  • खल्ती एप को होम पेजमा गई “सेण्ड मनी मा ट्याप गर्ने
  • रेमिट्यान्समा गई “रिसिभ मनी मा क्लिक गर्ने
  • एभरेष्ट रेमिटछनोट गर्ने
  • कन्ट्रोल पिन दाखिला गरी “प्रोसिड” मा ट्याप गर्ने
  • सबै विवरण यकिन गरी “ओके” बटन मा ट्याप गर्ने

 

खल्ती डिजिटल वालेट 

२० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ। ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

थप जानकारीको लागि +९७७–९८०१३०११६१ मा पुर्ण कुमार राना लाई सम्पर्क वा [email protected] मा ईमेल गरि बुझ्न सकिन्छ।

 

प्रतिक्रिया