दुबई।गएको १० सेप्टेम्बर शुक्रबारका दिन दुबईको सिल्भर स्पून नेपाली रेष्टुरेण्टमा महिलाहरुको महान चाड हरितालिका तीजको पावन अवसर पारेर दुबई स्थित कार्यरत दिदीबहिनीहरुलाई शुभकामना आदानप्रदानका साथ विविध लोक सांगीतिक माहौलमा दर खुवाएका छन्।सो दर खुवाउने कार्यक्रम उपाध्यक्ष एल.पी. ढकालको संयोजकत्वमा गोधूलि लाइभ दोहोरी समुहले सम्पन्न गरेको हो।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता सोही गोधूलि लाइभ दोहोरीका अध्यक्ष कृष्ण रोकाले गर्नु भएको थियो।त्यसै गरी बिशेष अतिथिमा सिल्भर स्पून रेष्टुरेण्टका मैनेजर ईश्वरी पाण्डे र उपाध्यक्ष एल.पी.ढकाल रहनु भएका थिए। अन्य अतिथिहरुमा कलाकारहरु र पत्रकारहरु रहेका थिए।
महासचिव तथा लोक गायक सुदिप गैरेको संचालनमा रहेको कार्यक्रमको थालनी प्रमुख अतिथि र अध्यक्षको हातबाट दीप प्रज्वलनका साथ नेपाली राष्ट्रिय गीतबाट गरिएको थियो।
कार्यक्रम संयोजक एल. पी. ढकालको शुभकामना मन्तव्य लगत्तै कोषाध्यक्ष तथा लोक गायिका सीता स्मृति राईको मन्तव्य रहेको थियो।प्रमुख अतिथि ढकालले मन्तव्यको क्रममा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई तीजको शुभकामना दिदै प्रवासमा पनि आफ्नो चाड पर्वलाई उजागर गर्दै नेपाली लोक संस्कृतिलाई जर्गेना गरेको बताउनु भयो।त्यसै गरी मन्तव्य कै क्रममा अध्यक्ष रोकाले हाम्रो गोधूलि लाइभ दोहोरी भनेको प्रवासीको कुनै राजनीतिक भात्रीसंगठन,समाज या संस्था नभई मात्र प्रवासमा लुकेर रहेका गला र कलालाई प्रोत्साहन गर्ने हेतुले नेपाली लोक संस्कृतिलाई उत्थान गरेको भाबताउनु भएका छन्।
कोभिड–१९ को सामाजिक दुरीको नियमलाई कायम गर्दै दर्शकहरुको एकदमै सानो उपस्थितिमा सांगीतिक कार्यक्रम अन्जिता थापा, अस्मिता गोर्खाली र सीता स्मृति राईको प्रस्तुतिमा (हे आयौ हामी स्वागत गीत गाउनलाई) भन्ने समुह गीतबाट सुरु गरिएको थियो ।(बटौलीको साडी पाल्पाको ढाका टोपी) मिन गुरुङको प्रस्तुतिले दर्शकका साथै प्रमुख अतिथि र अध्यक्षलाई समेत नाचम–नाचम तुल्याएको थियो।त्यसै गरी संजय लामा, दिनेश गुरुङ र सीता स्मृति राई, अस्मिता गोर्खाली र सुदिप गैरेको प्रस्तुतिले पनि थप सुनमा सुगन्ध थपिदिएको थियो।
-लालबहादुर ढेंगा,दुबई,युएई
प्रतिक्रिया