अबैध २० केजी गाँजा सहित तीन जना पक्राउ

इनेप्लिज २०७८ भदौ २३ गते २२:१८ मा प्रकाशित


विराटनगर,२३ भदौ।मोरङको वेलबारी नगरपालिकाबाट २० केजी अवैध लागु औषध गाँजा सहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार विशेष सूचनाका आधारमा बेलवारी नगरपालिका–१ बस्ने ३५ बर्षिय सन्तोष राई र सोही स्थानका ३० बर्षिय ज्ञानु राज राईलाइ निजहरुको कोठाबाट १९ केजी ६५० ग्राम गाँजाका साथ प्रकाउ गरिएको छ।

उक्त कार्यमा संलग्न भएको आरोपमा धनकुटा शहीदभूमि गाउँपालिका–३ का २८ बर्षिय महेश्वर राई समेत पक्राउ गरिएको छ।निजहरुलाई मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया