खल्ती बाट मात्र रु. १ मा हवाई टिकट खरिद गर्न सकिने

इनेप्लिज २०७८ भदौ २३ गते ९:५९ मा प्रकाशित

फ्लाइट टिकेट मा नेपालकै सबै भन्दा बढी क्यासब्याक प्रदान गर्ने अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र रु. १ मा हवाई टिकट खरिद गर्न सकिने आकर्षक अफर कार्यान्वयनमा ल्याएको छ।

यस अफर मार्फत् खल्ती मा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले रु. ८०० सम्म को क्यासब्याक पक्का पाउनेछन्। साथै दैनिक एक जना भाग्यशाली बिजेताले मात्र रु. १ मा उडान टिकट प्राप्त गर्नेछन्। खल्ती ले हवाई टिकट को कुल रकमबाट जम्मा मात्र रु. १ कटौती गरी बाँकी रकम बिजेताको खल्ती खातामा ट्रान्सफर हुने जानकारी गराएको छ।

उक्त अफरमा सहभागी हुन सहभागीले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ। खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन्।

यस अफर ७ सेप्टेम्बर देखि ४ अक्टोबर २०२१ सम्म मात्र लागु हुने खल्ती वालेटले जनाएको छ।

थप जानकारी खल्ती को ब्लग बाट पाउन सकिन्छ।

डिजिटल भुक्तानी मार्फत दशैँको समयमा टिकट काट्न घण्टौ लाइनमा बस्न पर्ने झन्झटबाट मुक्त गर्ने साथै भारी क्यासब्याक दिई ग्राहकलाई सुलभ मूल्यमा टिकट पनि उपलब्ध गराउने उद्देश्यका साथ उक्त अफर संचालनमा ल्याइएको खल्ती डिजिटल वालेट का सहायक प्रबन्धक, श्री सौरभ ओझाले बताउनुभयो।

खल्ती डिजिटल वालेट
२० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले विगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ। ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

थप जानकारीको लागि +९७७–९८०१३०११६१ मा पुर्ण कुमार रानालाई सम्पर्क वा [email protected] मा ईमेल गरि बुझ्न सकिन्छ।

 

 

प्रतिक्रिया