अफगानिस्तानका तालिबानद्वारा अन्तत्वगत्वा अन्तरिम सरकारको घोषणा गरेका छन् । सेप्टेम्बर ७ मंगलबारका दिन साँझ तालिबानले मंगलबार अन्तरिम सरकार गठन गरेको घोषणा गरेको हो।
तालिबानका प्रवक्ताले अन्तरिम सरकारको घोषणा पत्रकार सम्मेलन मार्फत जानकारी गरेका छन् ।
तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले दिएको जानकारी अनुसार तालिबानका संस्थापक मध्ये एक मुल्लाह मोहम्मद हसन अखुन्द सरकारको प्रमुख भएका छन भने मुल्ला अब्दुल गनी बरादर उपप्रमुख भएका छन्। तर महिला अन्तरिम सरकारमा परेका छैनन् ।
बरादर तालिबानका सहसंस्थापक हुन्। अखुन्द दुई दशक देखि शुरा परिषदमा नेतृत्व लिएका थिए भने उनि प्रधान मन्त्रि भएको जानकारी दिईएको छ । उनि धार्मिक अभियानका प्रभावशाली र प्रतिष्ठित नेता हुन् ।
अखुन्दको नेतृत्वमा गठित सरकारमा मुल्ला याकुब रक्षामन्त्री र सिराजुद्दिन हक्कानी गृहमन्त्री हुनेछन्। तालिबानका प्रवक्ता मुजाहिदले भने, ‘यो अन्तरिम सरकार हो।’ हक्कानी सन् २०१६ देखिका दुई उप नेता मध्येका एक हुन् भने उनको टाउकोको मुल्य १ करोड डलर अमेरिकाले तोकेको थियो ।
प्रवक्ताले आगामी दिनमा पूर्ण सरकार गठनको काम हुने जानकारी दिदै उनले भने, ‘तबसम्म मुल्ला हबितुल्लाह अखुन्दजादा मन्त्रिमण्डलको संरक्षक हुनेछन्।’
तालिबानले गत अगस्ट १५ का दिन राजधानी काबुल कब्जा गरेको थियो। तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले भने, “हाम्रो सरकार जातीयतामा आधारित हुने छैन। हामी यस प्रकारको राजनीति गर्न दिनेछैनौं।”
तालिबान नेताहरुले अफगानिस्तानमा समाजमा महिलाहरुको प्रमुख भूमिका रहने र शिक्षामा पहुँच हुने कुरा सार्वजनिक रुपमा जोड दिएका छन्। तर उनीहरु सरकार गठनको विषयमा वार्तामा संलग्न छैनन् भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।
हालैका हप्ताहरुमा तालिबानले महिलाहरुलाई घरमै बस्न संकेत गरेको छ । र ,केहि उदाहरणहरुमा उग्रवादीहरुले महिलाहरुलाई आफ्नो कार्यस्थल छोड्न आदेश दिएका छन्।
केही अफगानिस्तानका महिलाहरु काबुल र प्रान्तीय राजधानीहरुमा सडकमा उत्रिएका छन्, । आफ्नो सुरक्षा जोखिममा राखेर तालिबानको शासनमा समान अधिकार र राजनीतिक जीवनमा पूर्ण सहभागिताको माग गर्दै प्रदर्शनी गरेका छन् ।
प्रतिक्रिया