अब जापानी भाषा प्रवीणता परीक्षणको (जेएलपीटी) आवेदन फारम शुल्क खल्ती बाट सिधै भुक्तानी गर्न सकिने

इनेप्लिज २०७८ भदौ २२ गते ११:२८ मा प्रकाशित

डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कम्पनी, खल्तीले JALTAN सँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ।यस पश्चात परिक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ।

विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरु व्ब्ीत्ब्ल् को कार्यालय भृकुटिमण्डप नै पुगेर घन्टौँ लाईन बसी शुल्क तिर्ने झन्झट गर्नु पर्थ्यो। यस समस्यालाई मध्यनजर गर्दै खल्तीले अनलाईन भुक्तानी प्रणालीको व्यवस्था गरेको हो।यसको लागि व्ब्ीत्ब्ल् को अध्यक्ष,श्री,पूर्ण काजी प्रजापति र खल्ती वालेटका प्रबन्धक, श्री जोनाम भुर्तेल बीचको सम्झौतामा भएको हस्तक्षर भएको हो।

के हो जेएलपीटी ?
जेएलपीटी जापानी भाषा सम्बन्धि ज्ञान परीक्षण गर्ने अन्तराष्ट्रिय संस्था हो। यसमा व्यक्तिको जापानीज भाषा पढ्न,सुन्न,र बोल्न सक्ने दक्षताको परीक्षण तथा मुल्यांकन गरिन्छ। उक्त परीक्षण बर्षको एकपटक लिइन्छ।जापानमा रोजगारको शिलशिलामा जान चाहने प्रत्येकले यसको परीक्षा अनिवार्य उत्तीर्ण गरेको हुनुपर्नेछ ।

जेएलपीटीमा ल्१, ल्२ ल्३,ल्४ ल्५ गरी जम्मा ५ वोटा तहहरु रहेका छन् । यी मध्य आवेदकले आफुलाई उपयुक्त लागेको कुनै एक तह छनौट गरी भाषा परीक्षा दिन सक्नेछन्।साथै जेएलपीटी को आवेदन फारम यसको आधिकारीक वेबसाइट अनलाइनबाट भरी पेमेन्ट विकल्पको रुपमा खल्ती छनौट गरी तुरुन्त भुक्तानी गर्न सकिन्छ।आवेदन फारम शुल्क रु.३००० रहेको छ।

आवेदन फारम संख्या सीमित भएकोले सिट संख्या सकिएपछि निर्धारित समय अगावै अनलाइन आवेदन फारम दर्ता प्रक्रिया स्वतः बन्द हुनेछ।फारम भर्ने मिति भद्र २२ देखि असोज २ गते सम्म रहेको छ।५ डिसेम्बर २०२१ मा संचालन हुने उक्त परिक्षामा उत्तीर्ण भई छनौट हुने १००० जनाले रोजगारको लागि जापान जान पाउनेछन्।

उक्त सुविधा सम्बन्धमा खल्ती वालेटका प्रवन्धक, श्री, जोनाम भुर्तेलले बताउनुभयो,“जापानिज भाषा शिक्षक संगठन नेपाल (व्ब्ीत्ब्ल्) सँग सहकार्य गरी सबै जापानीज भाषा परीक्षार्थीलाई भुक्तानीको एक मात्र माध्यमको रुपमा खल्तीको सजिलो अनलाईन भुक्तानी सेवा प्रदान गर्न पाउँदा निक्कै नै खुशी छौँ । अब परीक्षार्थीहरुले फारम भरीसकेपछि आफ्नो खल्ती आईडी बनाई सजिलै परीक्षा शुल्क तिर्न सक्नुहुन्छ। ”

खल्ती डिजिटल वालेट
२० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले विगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ । ’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली,पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ।

थप जानकारीको लागि +९७७–९८०१३०११६१ मा पुर्ण कुमार राना लाई सम्पर्क वा [email protected] मा ईमेल गरि बुझ्न सकिन्छ ।

 

प्रतिक्रिया