मनिषा कोइरालाको विगतको पारिवारिक पृष्ठभुमि पनि राजसंस्था र हिन्दु राष्ट्र नै रहेको थियो।मुलुकमा मनिषा कोइरालाले राजसंस्था र धर्म सापेक्षको विषयमा नेतृत्व गर्ने समय आएको छ।यसकारण मनिषा कोइरालाले राजसंस्था र धर्म सापेक्षको एजेन्डा राखी छिटोभन्दा छिटो राजनीतिक पार्टी दर्ता गर्न आवश्यक देखिएको छ।राजनीतिक पार्टी खोल्नु सामान्य कुरा होईन।राजनीतिक पार्टी खोल्न पृष्ठभुमि, अन्तर्राष्ट्रिय सम्बन्ध,पहुँच र वातावरण बनेको हुनुपर्ने हुन्छ।मनिषा कोइरालाको देश बिदेश अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध र पहुँचहरु पनि छ । मनिषा कोइराला कलाकार भएकोले अन्तर्राष्ट्रिय सम्बन्धहरु पनि राम्रो छ।
हाम्रो मुलुकमा राजनीतिक पार्टीको केन्द्रिय महिला अध्यक्ष कोही पनि छैनन।मनिषा कोइरालाले राजनीतिक फिल्महरु पनि थुप्रै खेलिसक्नु भएको छ।मनिषा कोइरालालाई राजनीतिकको विषयमा अनुभव र ज्ञानहरु पनि धेरै छ।मनिषा कोइरालालाई राजनीतिक पार्टी हाँक्न कुनै पनि समस्या र कठिनाइहरु पर्दैन जस्तो मलाई लाग्छ।राजनीतिक गर्न अन्तर्राष्ट्रिय सम्बन्ध र पहुँचहरुको पनि आवश्यक पर्दछ।मनिषा कोइरालालाई राजनीतिक पार्टी हाँक्न सहज हुनेछ भन्ने कुरामा म शत प्रतिशत विश्वस्त छु।मनिषा कोइराला सक्षम र क्षमतावान हुनु हुन्छ।अब मुलुकमा मनिषा कोइरालाले तत्काल राजसंस्था र धर्म सापेक्षको विषयमा नेतृत्व गर्नुपर्ने समय आएको छ।
मुलुकमा हालको वर्तमान समयमा राजसंस्था र हिन्दु राज्यको एजेन्डा बोकेका पार्टीहरुका अध्यक्ष,महासचिव,सचिव,सहसचिव,सदस्यहरु र नेताहरू कोही पनि भरपर्दो र विश्वसनीयता भएका छैनन र अन्तर्राष्ट्रिय नेताहरूले विश्वास गर्ने लायकको सम्बन्ध,पहुँच कसैको पनि छैन र अन्तर्राष्ट्रिय स्तरमा राजसंस्था र हिन्दु राज्यको माहोल र वातावरण कसैले पनि बनाउन सकेनन।
सामाजिक संजालहरु र मिडियाहरुमा पनि मनिषा कोइरालाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा आवाज उठाई रहनु भएको छ।अब मनिषा कोइरालाले आफ्नो नेतृत्वमा राजसंस्था र धर्म सापेक्षको एजेन्डा राखी तत्काल राजनीतिक पार्टी खोल्न आवश्यक छ साथै अन्य राजावादी पार्टीहरुलाई समेत मनिषा कोइरालाले एकताबद्ध गराउन सकेमा पुनः मुलुकमा राजसंस्था फर्कन समय लाग्ने छैन म विश्वस्त छु।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।जिल्ला मकवानपुर,हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२।मोबाइल नम्बर ९८४८०५५७७६ ९८१२४९१३९।
प्रतिक्रिया