नेपाली काँग्रेसको अधिबेशन र युवा नेतृत्वको सहभागिता

दीपक पन्त २०७८ भदौ १८ गते २१:०५ मा प्रकाशित

त्यसो त पछिल्लो निर्णय हेर्दा नेपाली कांग्रेसको आगामी १४ औ अधिवेशनको सर्मागर्मी स्थानीयस्तर देखी केन्द्र सम्म बढी सकेको छ । गत श्रावण २८-२९ बसेको केन्द्रीय समितिको बैठकले आगामी अधिवेशनको मिति निम्नानुसार तय गरेको छ ।

महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा प्रस्तुत गर्नु भएको प्रस्तावहरु बैठकले सर्वसम्मतिले पारितगरेको छ I

(१) नेपाली कांग्रेस १४ औं महाधिवेशनको संशोधित कार्यतालिका देहाय बमोजिम रहेको छ—

(क) गाउँ/नगर वडा अधिवेशन– २०७८ भाद्र १८ गते

(ख) गाउँ/नगरपालिका अधिवेशन– २०७८ भाद्र २७ गते

(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७८ असोज १ गते

(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाअधिवेशन – २०७८ असोज ५ गते

(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ असोज १०गते

(च) प्रदेश अधिवेशन– २०७८ कात्तिक १०, ११ र १२ गते

(छ) केन्द्रीय महाधिवेशन : २०७८ मंसिर ९, १०, ११, १२ र १३ गते, काठमाडौं

अधिबेशनको मिति जति जति नजिकिदै जान्छ त्यति त्यति चहल पहल जन सम्पर्क , देश दौडाहा हुनु आफैमा स्वभाभिक प्रकृया हो ।

आफैलाई प्रजातन्त्रको पर्यायबाची ठान्ने नेपाली काँगेस निर्बिबाद २००७ देखि नै क्रियाशील नेपालको पुरानो पार्टी हो । महामानव बि.पी. कोइराला देखि गणेशमान, कृष्ण प्रसाद भट्टराई , गिरिजा प्रसाद हुदै शुशिल कोइराला र शेर बहादुर देउवा सम्म आइ पुग्दा यस पार्टी र यस पार्टीमा समर्पित हुने नेतृत्वले भोगेका बिभिन्न आरोह अवरोहहरु होलान् । किनकी नेपालको राजनैतिक परिवर्तनलाई पछाडी फर्केर हेर्ने हो भने २००७ साल देखि २०७८ साल सम्म धेरै राजनैतिक परिवर्तनहरू भएका छन् ।

राणा कालिन शासन , सकृय राजतन्त्र , २०४६ को संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र , १० बर्षे जन युद्द हुदै संघियता सहित गणतन्त्र नेपाल सम्म आइ पुग्दा कांगेसको भूमिका के कस्तो रह्यो ? यो विषय मननीय छ ।

त्यसो त पछिल्लो समय तत्कालिन नेकपाको शक्ति उन्माद बढ्दै जाँदा कांगेस ओझेलमा पर्दै गएको थियो । एकातिर नयाँ पार्टीहरुको नयाँ विचार सहित बजार हल्ली खल्ली , अर्को तिर झन्डै २ तिहाइ बहुमत सहित सरकार संचालनमा रहेको नेकपाको शब्द जाल बीच नेपाली कांग्रेस नराम्ररी खुम्चन पुगेको थियो ।

तर राजनीतिमा रात रहे अग्राख पलाउछ भने झैँ तत्कालिन नेकपाको बिबाद बढ्दै जाँदा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पाचौं पटक देशको प्रधानमन्त्री बन्ने सौभाग्य पाएका छन् ।

अकल्पनीय ढंगबाट सत्ताको बागडोर निर्विकल्प रुपमा समात्न सफल भएको कांग्रेसको अगामी १४ औं अधिबेधन अर्थपूर्ण ढंगबाट हेरिएको छ ।

एकातिर जनमत / जनादेशको र बद्लिएको परिस्थितिको सम्मान गर्ने नेतृत्व बिकास गर्नु पर्नेअवस्था छ भने अर्को तिर कांग्रेसको स्थापकालिन नीति र सिद्दान्तमा अटल रहेका आम कार्यकर्ता तथा एक फरक प्रजातान्त्रिक समाजवादी पार्टीको पहिचान कायम गर्नु पर्ने चुनौती रहेको छ ।

नेकपा विभाजन पछि बिकसित नयाँ परिस्थिति साथै नयाँ दलहरु प्रति जनमानसको बढ्दो निगरानीका बीच काँगेसले आफ्नो पुरानो साख कायम राख्दै इतिहासले दिएको यो अवसरलाई समाज रास्ट्र तथा देश बिकासमा योगदान पुर्याउन सक्ने नेतृत्व अघि बढाउन यो अधिबेशन कोशेढुंगा हुन् सक्छ । यो अवस्थाको नँया परिस्थितिमा युवा जमात नेतृत्वको लागि सल्बलाउनु स्वभाभिकै हो । कांग्रेस भित्र प्रखर वक्ताको छबि बनाएका गगन थापाले महामन्त्रीमा पुन:उम्मेद्वारी दिने घोषणा गरी सकेका छन् । त्यसै गरी अन्य युवा नेताहरु शंकर भण्डारी ,विश्व प्रकाश शर्मा, प्रदीप पौडेल पनि केन्द्रीय कमिटिका बलिया दाबेदार हुन् ।

त्यसो त केन्द्रमा मात्र नभएर जिल्ला बडा तह सम्म पनि युवा पिढिले नेतृत्व लिन प्रतिस्पर्धा उत्रेका छन् । चितवन कांगेस पार्टी सचिव उत्तम जोशीले जिल्ला सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गराई सकेका छन भने तनहुँका युवा नेता आन्नद राज त्रिपाठी पनि जिल्ला नेतृत्व समाल्ने सोचका साथ् अघि बढेका छन् ।

त्यसो त तनहुँमा नेपाली कांग्रेस भन्दा नि जोशी कांग्रेस र पौडेल कांग्रेस बीच पानी बारबारको स्थिति छ । पौडेलको नियोजित योजनामा पुर्व सह महा मन्त्री गोविन्दराज जोशी माथि भएको कारबाही फुकुवा नभए सम्म तनहुँ कांग्रेस एक हुन् नसक्ने निस्कर्ष जोशी समर्थक कांग्रेसीजनको रहेको छ । त्यस बिषयमा जिल्लाले कारबाही फुकुवाको लागि केन्द्रमा पत्रचार गरे पनि अधिबेशनको पुर्व सन्ध्या सम्म आइ पुग्दा सम्म केन्द्रबाट कुनै निर्णय आएको कुरा बाहिर आएको छैन । यसले तनहुँमा आम कांग्रेसी कार्यकर्ताको मन अमिलो बनाएको छ र अधिवेशनलाई प्रभाव पार्ने गरी क्रियाशील नवीकरणको लागि सकृयता नदेखाएको समाचारहरू छापामा आएका छन् । यो आफैमा नेपाली कांग्रेसका लागि सुखद लक्षण होइन ।

त्यसै गरि काँग्रेस केन्द्रीय समितिले देश बाहिरको जनसम्पर्क समितिको हकमा यस्तो निर्णय गरेको छ ।

(क) विदेशस्थित नेपाली जनसम्पर्क समितिको सदस्यता सम्बन्धी नेपाली कांग्रेसको विधानको धारा ४ (१२) मा गरिएको व्यवस्थामा, “नेपाली जनसम्पर्क समितिको सदस्यता” थप गर्ने ।

(ख) विदेशस्थित नेपाली जनसम्पर्क समितिको गठन र प्रतिनिधित्व सम्बन्धी नेपाली कांग्रेसको विधानको धारा १४ मा गरिएको व्यवस्थामा देहाय बमोजिम संशोधन गर्ने :

(१) नेपाली जनसम्पर्क समिति कार्यसमितिको अध्यक्ष निर्वाचित हुन पार्टी विधान एवं नियमावली बमोजिम नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ,

(२) नेपाली जनसम्पर्क समिति कार्यसमितिको अध्यक्ष वाहेक अन्य पदाधिकारी र सदस्यहरु नेपाली कांग्रेसको क्रियाशील सदस्यता वा जनसम्पर्क समितिको सदस्यता प्राप्त गरेकोव्यक्तिहरुमध्येबाट निर्वाचित/मनोनित हुन सक्नेछन् ।

(३) पार्टी विधान र नियमावली अनुसार नेपाली जनसम्पर्क समितिबाट पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित हुनका लागि नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपालीनागरिक हुनु पर्नेछ ।

पार्टीको यस्तो निर्णय आए पश्च्यात बिगत २ बर्ष देखि २ वटा जनसम्पर्क समितिको अन्यौलता देखिएको नेपाली जन सम्पर्क समिति अमेरिकामा धनन्जय नरसिह केसीको जन सम्पर्क समिति हाँस न कौवाको चाल झैँ अस्तित्व बिहिन हुन् पुगेको छ ।

जुन मुद्दा र विषय बोकेर समानान्तर रुपमा अर्को कार्य समिति गठन गरेर आनन्द बिष्टको कार्यकालको वैधता सकिएको दलिल गर्दै आएको थियो । सो बिषयमा पार्टी केन्द्रिय कार्यलयले कुनै सुनुवाई नगरी मिलेर अधिबेशन गर्न / गराउन पत्राचार गरे पछि केसीको कार्य समिति छायाँमा परेको हो । त्यसो त जन सम्पर्क समिति अमेरिकाकै अध्यक्ष आनन्द बिष्ट सँग पुर्ब संयोजक बिष्णु सुबेदी तथा केसीको उठबसले समानान्तर समितिको औचित्य सकियो भन्दा फरक नपर्ला।

र, अन्त्यमा नेपाली कांग्रेस एक विरासत इतिहास बोकेको पार्टी भएकाले यसको गरिमा र पहिचान कायण राख्न यसमा समर्पित युवा नेतृत्वले अब जय नेपालको नारामा मात्र पछि नलागेर समयानुकूल स्पष्ट खाका, एजेन्डा सहित नयाँ पिँढीहरूका बीच बहस गर्न सक्नु पर्छ ।

राजतन्त्र, धर्म निरपेक्षता ,संघियता आदि सबैका विषयमा सबै तह र तप्काको जनमतको सम्मान दिँदै नयाँ नेतृत्वमा आकांक्षी हुनु बान्छनीय हुनेछ । नत्र आफ्नो स्वार्थ अनुकूल मास उत्तेजना बनाउने भाषण बाजिले मात्र कांग्रेसले दिगो र स्थायी नेतृत्व प्राप्त गर्न सक्दैन ।

बेलैमा चेतना भया ।

दीपक पन्त
मिल्वाकी, अमेरिका

(लेखक पन्त नेपाली जन सम्पर्क समिति (के.सी समुह) अमेरिकाको केन्द्रिय सदस्य सदस्य हुन् )

प्रतिक्रिया