हँसाउ अरू नै भो अब रुन्न बैगुनी तिम्रो यादले
फुलै फुलले सजियोस् तिम्रो जीवन
माया गर्दै अँगालोमा बेरिएको सधैँ सधैँ
पाउँ देख्न त्यो मुहारमा मन्द मुस्कान छाएको
अब नआउ सम्झना साँझ बिहान रुझाउँदै परेली
भित्र भित्रै मुटु जल्छ आभास बेसहारा ढले छु धर्तीमा
रोइ रोइ कहन्छु दुखीले विरही जीवन गाथा
खुशी लेख्ने मसी छैन रित्तो भो जिन्दगीको पाना
तिम्रो त्यो प्रेम लिला नदी सरी चालढाल सुस्त थियो मन
घात दियौ मुटु जलाइ ध्वस्त भो जीवन
दिन्छु साथ भन्दै झुक्याई रुवायौ घरीघरी
बुझ्न खोज्छु बुझ्न नै सकिन चोटै चोट छ मुटु भरि
प्रतिक्रिया