एनआरएनए आइसीसी महिला संयोजक पदमा संगीता मरहठ्ठाले उम्मेदवारी दिने

इनेप्लिज २०७८ भदौ १८ गते ११:२५ मा प्रकाशित

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको दशौ विश्व सम्मेलनमा युकेबाट संगीता मरहठ्ठाले महिला संयोजक पदका लागि उम्मेद्वारी दिने भएकी छन् ।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएकी सन्चारकर्मी मरहठ्ठाले २०११-२०१३ कार्यकालको एन आर एन ए युके महिला संयोजक ,२०१३-२०१५ एन आर एन ए युके सचिब ,२०१५-२०१७ आई सि सि सदस्य ,२०१७-२०१९ एन आर एन ए युरोप महिला संयोजक साथै २०१९-२०२१एन आर एन ए को अभियान सगै मानार्थ परिषद सदस्य पदमा रहेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेकि छन् ।

सरल र मिझासिलो स्वभावकि मरहठ्ठा एनआरएनएको संस्थागत विकासमा परिपक्वता भएका अभियन्ता रूपमा हेरिन्छ । उनी नेपालमा रहदा समेत विभिन्न समाजिक सस्थाहरुमा रहेर महत्त्वपूर्ण भुमिका निभाएका थिईन।

बिश्व संजालमा फैलिएको एनआरएनए लाई सस्थागत बिकास र सस्थाको मर्म र भावना अनुरुप ब्याक्तित्व बिकास समेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपाल प्रति सामिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने बताईन ।

उनले नेपाल समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रबर्द्धनमा जोड दिदै नेपाल सरकार सग समन्वय गर्दै विभिन्न देशहरुमा नेपालीले भोग्नुपरेको समस्या लाई समाधान गर्न तत्पर रहेको बताईन । प्रत्येक मुलुक बाहिर रहेका नेपालीहरुले एनआरएनए मेरो हो भन्ने बनाउन आवश्यक छ ।

सबै लाई समेटन अझै हामीले पहल गर्न बाकी नै रहेको हुदा यो अभियान लाई सार्थकता दिन सामुहिक नेतृत्व सहित टिममा सबैजना मिलेर कार्ययोजना नै बनाएर आउने भन्दै सबैको साथ र सहयोग अपिल रहेका छन् ।

प्रतिक्रिया