धनगढी, भदौ १८÷मोहन्यला गाउँपालिकाको वडा नम्बर २ कोल्तडीस्थित झ्याप्री खोलामा हालै गरिएको तटबन्ध प्रभावकारी हुन नसकेका कारण खोलाको बाढी गाउँमा पस्न थालेपछि कोल्तडीबासी निकै प्रताडित बन्न पुगेका छन्।
भु—संरक्षण कार्यालय पाटन बैतडीको आर्थिक प्राविधिक सहयोगमा झ्याप्रीखोलामा तटबन्ध निर्माणका लागि भनेर २५ लाख रुपैयाँमा निर्मित उक्त तटबन्ध प्रभावकारी नभएका कारण स्थानीयले बाढी र कटानको समस्इा झेल्दै आउनु परिरहेको छ।
उपभोक्ता समितिमार्फत निर्माण गरिएको भनिएको उत्तःतटबन्धमा कुल ४ सय ८ जालीमात्र प्रयोग भएको बताइएको छ।
दुई वटा ठाउँमा छुटटा छट्टै २० मिटरको दुरी निर्माण गरिएको तटबन्ध निर्माण गरिएको ठाउँमा खोलाको बाढी बग्न थालेपछि तटबन्धको कुनै अर्थ नरहेको स्थानीय रमेश सापकोटाले गुनाोि व्यक्त गर्नु भएको छ।
सापकोटाले भन्नु भयो—नदी एक ठाउँमा बग्छ,तारजाली अर्को ठाउँमा हालिएको छ।प्राविधिक ज्ञान विनाको तटबन्ध त्यो पनि सिमित क्षेत्रमा मात्रै निर्माण गरिएपछि खोलाको बाढी नियन्त्रण हुनुको सट्टा बाढी जति कोल्तडी बजारतर्फ सोझिएको बताउँछन्—स्थानीय रबिलाल देवकोटा।
देवकोटाले भन्नु भयो—प्राप्त बजेटलाई सहि ठाउँमा सदुपयोग गर्न नसकेका कारण खोलाको बाढी नियन्त्रण गर्नुत कता हो कता उल्टै गाउँबासीले शास्ती खेप्नु पर्ने अवस्था सृजना भएको छ।
उपभोक्ता समिति निर्माण गर्दा समेत वडानम्बर २ का अध्यक्ष देविदत्त उपाध्यायले स्थानीय जनताको आम भेला बोलाएर गर्नुको सटट सिमित गुटका मानिसलाई र माओवादीका कायकर्तालाई मात्र समेटेर राजनीतिक पूर्वाग्रहकाआधारमा निर्माण काम थालनी गरिएका कारण तटबन्ध निर्माणमा भएको आर्थिक पारदर्सितामा प्रश्न चिन्ह खडा भएको अधिकाँश कोल्तडीबासीहरुको गुनासो रहेको छ।
एक स्थानीयले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताउनु भयो—तटबन्ध निर्माणको कार्यमा गाउँलेलाई जानकारी नगराएर वडाअध्यक्ष देविदत्त उपाध्यायले सुखड बौनियाँमा बसेर किर्तेतरिकाले उपभोक्ता समिति बनाएर आर्थिक अनियमितता गर्ने उद्देश्यले उक्त र्का गरिएको छ।त्यसको उचित छानविन हुन जरुरी देखिन्छ।
तटबन्ध निर्मार्ण हुनु पूर्व बरु कोल्तडी बजारमा बाढी पसेको थिएन।उहाँले भन्नु भयो—जव अवैज्ञानिक तरिकाले बिच खोलाको बाढीनै बजार पस्नेगरी तटबन्ध गरियो तव कोल्तडी बजार क्षेत्र जोखिममा परेको हो।
तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष यम गिरीले २०७७ चैत्र बाट निर्माण थालिएको उक्त तटबन्ध ०७८ जेष्ठमा आएर सम्पन्न गरिएको र उक्त तटबन्ध निर्माणमा ४०८ जाली प्रयोग भएको बताउनु हुन्छ यतिका ठूलो रकममा ४० जालीमात्र प्रयोग भयो बाँकी रकम कुन ठाउँमा के कति खर्च हुनु गयो भन्ने प्रश्नमा सबै कुरा पाटन स्थित भु—संरक्षण कार्यालयबाट जानकारी लिन सकिने जवाफ उपभोक्ता समितिका अध्यक्ष यम गिरिको रहेको छ।
सो तटबन्ध निर्माण कार्यमा बढीमा पनि १४ लाख लगानी भएको हुनु पर्दछ बाँकी रकम कुन ठाउँमा प्रयोग भएको हो त्यसबारेमा उपभोक्ता समितिका अध्यक्षले आम जनताका माझ यर्थात विवरण पेश गर्न सक्नु पर्ने माग स्थानीय जनताको रहेको छ।
जिल्लाको दुर्गम मोहन्याल २ कोल्तडी स्थित झ्याप्री खोलाले हरेक बर्ष कटान गर्दै जाँदा हालसम्म एक सय बिगाह भन्दा ठूलो जमिन खहरेमा परिणत बनेको छ।
झ्याप्रीखोला खेती योग्य जमिन कटान गर्दै लिन थालेपछि स्थानीयले सो खोलामा तटबन्ध गरेर उत्तर पश्चिमबाट बग्ने झ्याप्री खेला पूर्वदक्षिण तर्फ बग्ने कर्णाली नदीका कारण हरेक बर्ष बर्षातको समयमा निकै शास्ती खेप्न बाध्य भैरहेका छन् ।
सो खोलामा हरेक बर्ष बाढी नियन्त्रणका लागि बजेट विनियोजन हुने तर प्राप्त बजेट सहि ठाउँमा प्रयोग नहुने गरेपछि नत तटबन्धलेनै पूर्णता पाउन सकेको देखिन्छ नत स्थानीयको खेतीयोग्य जमिनै जोगिन सकेको छ।
दुर्गम पहाडी गाउँपालिका मोहन्यालमा झ्याप्रीखोलामा मात्र नभएर अन्य स्थानहरुमा समेत यस्तै समस्या हरेक विकास निर्माणक कार्यमा देखिएकाले सो विषयमा राज्यका नियमनकारी निकायले अनुगमन गर्दै दोषीमाथी कडा भन्दा कडा कारवाही गर्नेतर्फ पहल गर्नुपर्ने माग सर्वत्र उठेको छ।
-बीरेन्द्र रावल
प्रतिक्रिया