दाङ देउखुरी समाज युएईको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा सुर्य केसी।

इनेप्लिज २०७८ भदौ १५ गते २१:४९ मा प्रकाशित

दाङ देउखुरी समाज युएईको तेस्रो अधिवेशनले सुर्य केसीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ।२७ अगस्टका दिन भर्चुअल माध्यमबाट भएको तेस्रो अधिवेशनले आगामी कार्यकाल (२०२१-२३) का लागि कार्यसमिति चयन गरेको हो।

दाङ देउखुरी समाज युएईका संरक्षक एवं नेपाली समाज युएईका उपाध्यक्ष कमल गिरीको सभापतित्व एवं नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकालको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो।उक्त अधिवेशनमा दाङ देउखुरी समाज युएईका पदाधिकारी ,सदस्यहरु , वैदेशिक रोजगारी सहित विभिन्न सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका दाङ जिल्ला वासीहरुको उपस्थिति थियो।त्यसका साथै युएईमा रहेका विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको समेत सहभागीता थियो।

अधिवेशनबाट छानिएका २१ सदस्यीय नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा गोपाल केसी,उपाध्यक्षमा बिजय के.सी. ,महिला उपाध्यक्षमा बिष्णु बुढाथोकी त्यस्तै महासचिवमा तिलक वली चयन भएका छन्।त्यस्तै सचिवमा मौसम परियार,सहसचिवमा बिपना थापा,कोषाध्यक्षमा नारायण भण्डारी,सहकोषाध्यक्षमा संदेश श्रेष्ठ चयन भएका छन्।संस्कृतिक विभाग संयोजकमा आरोही पाण्डे,प्रबक्तामा हरि डाँगी,सहप्रबक्तामा बालकृष्ण बुढा,खेलकुद विभाग संयोजकमा दयावीर वली र सदस्यहरुमा शिवा मल्ल,प्रेम चौधरी,रोशन केसी,खत्री चौधरी,मनिषा पुन,वसन्ती गिरी,देव वली र रिता गैरे चयन भएका छन्।

त्यस्तै गरि संस्थाको संरक्षकमा कमल गिरी,प्रमुख सल्लाहकारमा नारायण प्रसाद आचार्य,वरिष्ठ सल्लाहकारमा शान्त गिरीलाई चयन गरिएको छ।त्यस्तै अन्य विषयगत सल्लाहकारहरुमा प्रा.डा. शशिधर बेल्बासे,नरेश सेन,सन्तोष धिताल,पिम बहादुर केसी,देवराज वली,एकराज रिजाल,पुष्कर अधिकारी,डिलाराम वली , शर्मिला डि.सी. , जि.के.दंगाली,अमर सिंह खत्री र हेमन्त घिमिरेलाई छनोट गरिएको छ।

संस्थाका प्रबक्ता तिलक ओलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा महासचिव गोपाल केसीले संस्थाको आर्थिक एवं सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो।निर्वाचन समितिका तर्फबाट संयोजक कमल गिरीले प्रस्ताव गर्नुभएको नयाँ कार्यसमितिको नामावलीलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको थियो। त्यस्तै कार्यक्रमको संचालन गोपाल केसीले गर्नुभएको थियो।

प्रतिक्रिया