शासक होइन सेवकको रुपमा जनताको कार्य गर्नु पर्छ– प्रदेश प्रहरी प्रमुख बिसी

इनेप्लिज २०७८ भदौ १५ गते १०:४९ मा प्रकाशित


विराटनगर,१५ भदौ।१ नं प्रदेश प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित प्रहरी जवान आधारभूत तालीम ४ –१३८ औ समूका ६७१ जवानहरु आज दीक्षित भएका छन्।

विसं २०७७ मङ्सीरबाट सञ्चालित तालीममा प्रदेश प्रहरी कार्यालय,शसस्त्र प्रहरी गण र दङ्गा प्रहरी गण सुनसरी दुहवीमा गरी १३३ महिला सहित ६७१ प्रशिक्षार्थीहरु आज दीक्षित भएका छन्।

प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा प्रहरी कार्य तथा अपराध नियन्त्रण,अपराध अनुसन्धान,विद्यमान कानुन र प्रहरी युक्ति तथा कारवाही लगायत विषयवस्तुहरुमा २३४ दिन प्रशिक्षण दिइएको थियो।

तालीममा सर्वप्रथम हुने उत्तमकुमार मगर,द्धितीय डम्बर सुन्दास,अध्ययन प्रथम भुपेन्द्रकमार राया,कवाजमा प्रथम दिपक राजवंशी,चाँदमारीमा प्रथम लखनकुमार राय,शारीरिक व्यायामा प्रथम ऋृषिकेश कार्की र प्रहरी युक्ति तथा कारवाहीमा प्रथम विसुकुमार राई भएका थिए।

सो अवसरमा उत्कृष्ट हुनेहरुलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गर्दै प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले मानवअधिकारको उच्च सम्मान गर्दै कार्य क्षेत्रमा शासकको रुपमा होइन सेवकको रुपमा जनताको कार्य गर्न निर्देशन दिनु भयो।

उहाँले नागरिकसँग हातेमालो गरी अपराध नियन्त्रण कार्यमा सहयोगी बन्नु पर्नेमा जोड दिदै प्रहरीको इतिासको उच्च सम्मान राखी निश्वार्थ भावनाले जनताको सेवा गर्नुपर्ने औल्याउनु भयो।

समादेशक प्रहरी बरिष्ठ उपरीक्षक मीरा चौधरी र तालीम संयोजक एवं प्रहरी नायव उपरीक्षक विनोद शर्माले तालीम सम्वन्धी प्रतिवेशन प्रस्तुत गर्नु भएको थियो।

प्रदेश प्रहरी प्रमुख बिसीले दीक्षित हुने प्रहरीलाई दज्र्यानी चिन्ह लगाइदिनु भएको थियो।

प्रतिक्रिया