सङ्क्रमितको उपचारमा गुनासो नआउने गरि कार्य गर्नुपर्ने–मन्त्री साम्सोहाङ

इनेप्लिज २०७८ भदौ १३ गते १५:५४ मा प्रकाशित

विरानगर,१३ भदौ।प्रदेश नं १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल (कोभीड –१९ )उपचार केन्द्रको आज अनुगमन एवं कर्मचारीहरुलाई निर्देशन दिनु भयो।

उहाले अस्पतालमा उपचाररत सङ्क्रमित विरामीको अवस्था,आईसीयु,एडियू वेड लगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह,चिकित्सक, स्वाथ्यकर्मीसँग जानकारी लिनुभएको थियो।

सो अवसरमा मन्त्री साम्सोहाङले कोरोना सङ्क्रमितको उपचारमा प्रभावकारी र कुनै गुनासो नआउने गरि सेवा गर्नु पर्ने बताउनु भयो।उहाँले अस्पतालको प्रशासनिक कार्य उपचार केन्द्रको खाली भवनबाट गर्ने गरि व्यवस्थापन मिलाउन निर्देशन दिँदै टेन्टबाट भन्दा खाली भवन मर्मत गरि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल आईसीयु, एसडीयू, भेन्टिलेटर सहित गरि ९६ शैय्याको रहेको छ।अस्पतालका संयोजक साहले अस्पतालमा अहिले बेडको अभाव नभएको मन्त्री समक्ष जानकारी गराउनुभयो। अस्पतालको मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई लगायतले अनुगमन गर्नुभएको थियो।

 

प्रतिक्रिया