नेकपा एकिकृत समाजवादी मोरङ जिल्ला कमिटीमा राई

इनेप्लिज २०७८ भदौ १२ गते २०:०५ मा प्रकाशित

विराटनगर,१२ भदौ।नेकपा एमाले(नेपाल– खनाल) समूहले गठन गरेको मोरङ जिल्ला कमिटी आज नेकपा एकिकृत समाजवादी पार्टीको रुपमा रुपान्तरण भएको छ।

नेकपा एकिकृत समाजवादीको मोरङको सुन्दरहरैचामा आज भएको भेलाले रुपान्तरण गरेको हो।कमिटीको अध्यक्षमा चन्द्रबिर राई,उपाध्यक्षमा चण्डीप्रसाद राई र उद्धव पोखरेल हुनुहुन्छ।

यस्तै सचिवमा राजन केसी, उपसचिवमा वसिम आलम र निलम ढुङ्गेल,आर्थिक विभाग प्रमुखमा विश्वनाथ राय रहनु भएको छ।भेलाले विभिन्न पदाधिकारीहरुको कार्य विभाजन समेत गरेको छ।

उक्त जिल्ला कमिटी ३२५सदस्यीय रहेको उपसचिव एवं प्रचार प्रवक्त्त वसिम आलमले जानकारी दिनु भयो।

प्रतिक्रिया