प्रदेश नं १ मन्त्रिपरिषद विस्तार–दुई मन्त्री थप

इनेप्लिज २०७८ भदौ ११ गते २०:३३ मा प्रकाशित

विराटनगर,११ भदौ।प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज साँझ मन्त्रिपरिषदमा दुई जना मन्त्री थप गरी विस्तार गर्नु भएको छ।

यसरी थप हुने मन्त्रीहरुमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रीमा लछुमन तिवारी र सामाजिक विकास मन्त्रीमा बलबहादुर साम्सोहाङ हुनुहन्छ।

प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकार‘प्यासी’ले मुख्यमन्त्री आचार्यको सिफारिशमा नेपालको संविधानको धाराको १६८ को उपधारा( ९) वमोजिम मन्त्रिपरिषदको विस्तार र कार्य विभाजन गर्नु भएको हो।

प्रदेश प्रमुख अधिकारीले नव नियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री आचार्य,सभामुख प्रदीपकुमार भण्डारी, निवर्तमान मन्त्रीहरु,प्रदेश सभाका सदस्यहरु,उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया