विराटनगर,१० भदौ।प्रदेश नं १ का नव नियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्यले जनताको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख लक्ष्य भएको बताउनु भएको छ।
मुख्यमन्त्री आचार्य आज सपत ग्रहण समारोहमा पछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रदेशका जनतालाई कोरोना विरुद्धको खोपको सहज उपलव्धता गराउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।
उहाँले विकास र स्थायीय कायम गर्ने उद्देश्यले सरकारले काम गर्ने बताउदै विकास निर्माणको कार्यलाई परिणाममा पुर्याउने बताउनु भयो।
उहाँले संविधान अनुसार सरकारले विश्वासको मत लिने बताउँदै लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि अन्य दलहरुसँग मन्त्रीमण्डलमा सहभागिताका लागि छलफल गरिने जानकारी दिनु भयो।
मुख्यमन्त्री आचार्यले लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्ने र समय अवस्थाको सिर्जनाका आधारमा मन्त्रालयको आकार घटवड हुनसक्ने छ भन्नु भयो।
मुख्यमन्त्री आचार्यले छिट्टै मन्त्रिमण्डलको विस्तार गर्ने जानकारी दिनु भयो।
प्रतिक्रिया