हरिवंश र मिलनको ‘ए कालु भेना’ मा नाजिर र आंचल

इनेप्लिज २०७८ भदौ १० गते १०:३५ मा प्रकाशित

बरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय गायन र अभिनयमा निकै सक्रिय रहेका छन्।उनको स्वर र अभिनयमा रहेको गीत ‘माछीलाई खोलिको लेउ’ केहि समय अगाडी सार्वजनिक भएको थियो।दर्शकको राम्रो साथ पाएको उक्त गीत पछि हरिवंशले अर्को गीत सार्वजनिक गरेका छन्।’ ए कालु भेना’ बोलको गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएका छन्।गीतमा हरिवश आचार्यको नै शब्द र संगीत रहेको छ।

 

गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङ्ग रहेको छ।मौलिक अडियोको भिडियोलाई निर्देशक गम्भीर बिष्टले आकर्षक बनाएका छन्। हरिवंश आचार्य,नाजिर हुसेन,आंचल शर्मा र आर्यन खरेल भिडियोमा फिचर रहेका छन्।गाउघरको परिवेश र त्यहाको माहोललाई समेटेर गम्भीरले भिडियोको निर्देशन र कोरियोग्राफी निकै आकर्षक गरेका छन्।हरिवंशका गीत र भिडियोबाट अपेक्षित संदेश भिडियोमा प्राप्त गर्न सकिन्छ।नवराज उप्रेतीले खिचेको भिडियोलाई भुप्रेंद्र अधिकारीले सम्पादन गरेका छन्।गज्जब टिभीको प्रस्तुती रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युवबाट रिलिज भएको छ।

प्रतिक्रिया