प्रदेश नं १ मा ६११ जनामा कोरोना सङ्क्रमण

इनेप्लिज २०७८ भदौ ८ गते २३:१६ मा प्रकाशित

विराटनगर,८ भदौ।प्रदेश नं १ मा विगत एक हप्ता देखि कारोना सङ्क्रमणको अवस्था उतारचढावकै अवस्था देखिएको छ।

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ६११ जनामा कोरोना सङ्क्रमण देखिएको पुष्टि भएको छ।सो अवधिमा एक हजार ३८८ जनाको पिसिआर परीक्षण गर्दा ४१४ र ७१८ जनाको एन्टिजेन परीक्षण गर्दा १९७ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा १४४, मोरङमा १४२ मध्ये विराटनगरमा ४३,सुनसरीमा ९३,धनकुटामा १५,इलाममा चार,भोजपुर, उदयपुर र संखुवासभामा दुई दुई,ताप्लेजुङमा एक र प्रदेश बाहिरका नौ जनामा सङ्क्रमण देखिएको हो।

प्रदेशमा आजै ३१२ जना कोरोना सङ्क्रमण मुक्त्त भएका छन् । सङ्क्रमण मुक्त्त हुनेमा १८४ महिला र १२८ पुरुष रहेका छन्।पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार जना महिला सहित १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया