कुलमान घिसिङ विरुद्ध परेको रिटमा तीन दिन भित्र सक्कल मिसिल पेश गर्न सर्वाेच्चको आदेश

इनेप्लिज २०७८ भदौ ८ गते ११:२२ मा प्रकाशित

काठमाडौं।नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्ध परेको रिट निवेदनमा सर्वाेच्च अदालतले  मिसिल झिकाउन आदेश दिएको छ।

प्राधिकरणका निर्वमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई प्राधिकरणबाट जवरजस्त हटाएको भन्दै दिएको रिट निवेदन दिनु भएको थियो।उक्त रिट निवेदन माथि सर्वाैच्च अदालतले सुनुवाई गर्दै तीन दिन भित्र मिसिल पेश गर्न आदेश दिएको हो।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले हितेन्द्रदेव शाक्य र नेपाल विधुत प्राधिकरणबीच भएको सम्झौताको सक्कल फाइल तीन दिन भित्र पेश गर्न आदेश दिएको हो।

साथै इजलाशले सरकारले नेपाल विधुत प्रााधिकरणमा नियुक्त गरेको निर्णय,साउन २५ गते भएको नेपाल विधुत प्रााधिकरण जल तथा उर्जा विशषेज्ञ सदस्य पदको नियुक्त,विपक्षी कुलमान घिसिङलाई मन्त्रीपरिषदले कार्यकारी निर्देशकमा गरेको नियुक्त गरेको सक्कल फाइल पेश गर्न सर्वाेच्च अदालतले आदेश दिएको हो।

प्राधिकरणमा कुलमान घिसिङको नियुक्ती बदर गरिपाउँ भन्दै पूर्व कार्यकारी निर्देशक शाक्यले भदौ एक गते सर्वाेच्चमा उत्पेषणको आदेश माग गर्दै दायर गरेका थिए ।

प्रतिक्रिया