माया गर्ने दीपीका !

इनेप्लिज २०७८ भदौ ८ गते १०:०४ मा प्रकाशित


म्युजिक भीडियो मोडलिङ,निर्देशन एवं टेलिचलचित्रकी अभिनेत्री तथा मोडल दीपीका भट्टले आफुलाई पुनः भीडीयो निर्देशनमा रीर्टन व्याक गराएकी छिन्। अभिनय एवं निर्देशन दुबैमा रुचि राख्ने दिपिका यसो त गीतकार समेत हुन्।बिभिन्न टेलिसिरियलहरु गर्ने गरेकी दिपीका भट्टले आफूलेनै लेखेको गीतको भिडियो लिएर आएकी छिन्।म माया गर्छु…बोलको यो गीतलाई हाइलाइट्स मार्फत रीलीज गरीएको छ।

म माया गर्छु…बोलको यो गीतलाई उनले निर्देशन गरेकी हुन्।दीपीका भट्टको आफ्नै शब्द रहेको गीतको संगीत वसन्त सापकोटाले गरेका छन् भने स्वर इन्दिरा जोशीको रहेको छ।गीतको भीडियोलाई डम्बर राईले छायांकन गरेका छन् भने मोडलका रुपमा पवित्रा भट्टराई तथा अर्पण दाहाल रहेका छन्।रोमान्टिक फ्लेवरको यो गीतमा पुजारी र मोडर्न केटी विचको प्रेम कथा दर्शाइएको छ।अब निरन्तर रुपमा भिडीयो निर्देशनमा लाग्ने लक्ष्य राखेकोले यो गीतबाट निर्देशनमा रीटर्न व्याक गरेको दीपीकाको भनाई छ।

https://www.youtube.com/watch?v=NG-YV5lfRLY

प्रतिक्रिया