अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी vNtL l8lh6n jfn]6 बाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले रु.१५०० सम्मको आकर्षक क्यासब्याक पाउने भएका छन्।
७ भाद्र,२०७८ देखि सुरु भइ सिमित अवधिको लागि संचालन हुने उक्त अफरमा सहभागी हुन नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्नेछ।
खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरीसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन्।
नेपाली बजारमा गरीने हरेक भुक्तानी प्रक्रिया डिजिटाइज गरि ग्राहकवर्गहरुको समय र पैसा बचत गर्ने हेतुले यस अफर कार्यान्वयनमा ल्याएको जानकारी खल्ती डिजिटल वालेटका प्रवन्धक,श्री पवल खरेलले गराउनुभयो।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क खल्ती बाट तिर्न बिमितले निम्न सरल तरिकाहरु अपनाउनु पर्नेछ :
ड्ड खल्ती एप डाउनलोड गरी साइन अप गर्ने
ड्ड खल्ती एप लगइन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने
ड्ड “नेपाल लाइफ इन्स्योरेन्स” सेलेक्ट गर्ने
ड्ड अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने
ड्डअन्त्यमा “पेमेन्ट” अप्सन छानी भुक्तानी गर्ने
१९ लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ।’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज,बिजुली,पानी,इन्टरनेट तथा टिभीको बिल भुक्तानी,फिल्म,प्लेन,फोहोर व्यवस्थापन शुल्क,ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने,सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ।
थप जानकारीको लागि +९७७–९८०१३०११६१ मा पुर्ण कुमार राना लाई सम्पर्क वा [email protected] मा ईमेल गरि बुझ्न सकिन्छ।
प्रतिक्रिया