नेकपा एमाले मोहन्याल—१ को वडा कमिटी गठन

इनेप्लिज २०७८ भदौ ७ गते २१:३० मा प्रकाशित

मोहन्याल, भदौ ६÷नेकपा एमाले मोहन्याल गाउँपालिका वडा नम्बर १ को वडा कमिटी गठन गरिएको छ।

टुटफुट होइन,एकता आजको आवश्यकता भन्ने मूल सन्देशसहित नेकपा एमाले मोहन्याल गाउँपालिका वडा नम्बर १ को वडा कमिटी गठन गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रमुख अतिथि वीरेन्द्रबहादुर रावलले बताउनु
भयो।उहाँले भन्नुभयो—अस्थिर राजनीति र पार्टी भित्रको गुट,उपगुटले देश अस्थिरतमा गएको छ।जसको फाइदा अरुले उठाउँदै छन।

भाई फुटे गवाँर लुटे नेपाली उखानलाई चरितार्थ गर्दै भन्नुभयो—अहिले नेकपा एमाले फुटेको छ जसको फाइदा अरुलाई पार्टी भएको छ।उहाँले एमाले फुटाउनको लागि सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएको बताउनु भयो।उहाँले भन्नुभयो—सरकारले कम्यूस्ट आन्दोलनको अस्तित्व समाप्ता पार्नका लागि अध्यादेश ल्याएको हो।त्यसैले पार्टी फुटकोपछि लागि आफैआफै झगडा गर्नुभन्दा एक हुनु आजको आवश्यकता हो।उहाँले सरकार परिवर्तन भएसंगै एमाले सरकारले भूमिहीनलाई भूमि दिलाउने बनाइएको आयोग सरकारले खारेज गरेर उनीहरुका सपना आझेलमा पारेको बताउनु भयो।

एमाले मोहन्याल गाउँपालिका वडा नम्बर १ को कमिटी गठनमा अतिथी नर बहादुर घर्ती,गाउँ कमिटी अध्यक्ष प्रेम साउद,दल बहादुर साउँद,भवानी देबकोटा, टेक्चन बुढामगर लगायतकाको उपस्थिती रहेको थियो।

नेकपा एमाले मोहन्याल वडा १ को भेलाले कमल बुढाको अध्यक्षतामा ११ सदस्य पछि थप्नेगरी २९ सदस्यीय कमिटी गठन गरेको छ।

त्यस्तै उपाध्यक्षमा मानबहादुर नेपाली, सचिवमा भरत रोक्का मगर,उप—सचिवमा कमल मिजारलाई चयन गरेको छ।भने सदस्यहरुमा सीमा नेपाली, दानबहादुर बिक,अम्मर रोकामगर,कृष्णबहादुर घर्ती मगरअर्जुन ओली,रनबहादुर धर्ती, देविसर देवी रोक्कामगर,छविलाल घर्तीमगर,दुर्गा बुढामगर,चित्रबहादुर साउँद, दिपेन्द्र बुढामगर,लक्ष्मण बुढा (बिजुली),करण बिक र देवु देवी बुढामगर चयन हुनुभएको छ।

प्रतिक्रिया